काठमाडौमा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि पहल गर्न एपि नागरिक पार्टीको ध्यानाकर्षण पत्र मन्त्री पौडेललाइ

आमूल नागरिक परिवर्तन पार्टीको केन्द्रिय अध्यक्ष दलमर्दन कामीले एक बिज्ञाप्ती जारी गर्दै काठमाडौ क्षेत्रमा बढ्दो मौसम प्रदुषणलाइ रोक्न ध्यानाकर्षण गराएका छन।

बिज्ञाप्तीमा संसारकै पहिलो नम्बर प्रदुषण शहरमा परिणत हालको  काठमाण्डौ उपत्यकामा प्रदूषणकाे मात्रा  अत्यन्तै चिन्ताजनक समस्याले गम्भीर बनिसकेको छ र यसका कारण नागरिकहरूको जीवनको गुणस्तर  लतीब्र रुपमा घट्दै गएको अवस्था छ । यसर्थ नेपाल सरकार र सम्बन्धित निकायलाई यथाशीघ्र प्रदुषण नियन्त्रणका उपायहरु अपनाई नागरिकको स्वास्थ्यप्रति गम्भीर हुन ध्यानाकर्षण गराएको उल्लेख गरेका छन।

बिज्ञाप्ती:-

२०८१ चैत २३

प्रेस विज्ञप्ति

नेपाल सरकार

स्वास्थ्य मन्त्रालय

काठमाण्डौ, नेपाल

विषय : प्रदूषण नियन्त्रणका लागि  पहल गर्ने बारे ।

काठमाण्डौ उपत्यकामा बढिरहेकोे मौसम प्रदूषणको मात्रा अत्यन्तै उच्च भएको छ ।  जसले उपत्यकावासी  नागरिकहरूको स्वास्थ्य र जनजीवनमा गम्भीर असर पुर्‍याईरहेको छ ।  समयमा वर्षा नहुनु,सवारी साधन यातायातका धुँवा धूलो र अन्य प्रदूषणको मात्राले श्वासप्रश्वास र शारीरिक स्वास्थ्यमा दिनानुदिन समस्या बढिरिरहेको छ ।  वायु प्रदूषणका कारण मलेरिया, रुघाखोकी, ज्वरो,श्वासप्रश्वासमा समस्या, एलर्जी र हृदयघातको जोखिम बच्चा र बृद्धअवस्थाका साथै दीर्घरोगीहरु प्रभावित भई अत्यन्तै जोखिमपूर्ण अवस्थामा  रहेका छन् ।

यस परिपेक्षमा हाम्रो पार्टीले नेपाल सरकार स्वास्थ्य मन्त्रालय लगायतका सम्बन्धित निकायलाई स्वस्थ्य जस्तो गम्भीर समस्याप्रति चिन्ता र चासो राखि  ध्यानाकर्षण गराउँदै, पार्टीको तर्फबाट निम्न सुझावहरु सहित तत्काल समस्याको समाधानका लागि हार्दिक अनुरोध गर्दछौं ।

१. प्रदूषणको वास्तविक अवस्था र त्यसको असर बारे स्वस्थ्य चौकी, स्वास्थ केन्द्र निर्माण गर्ने ।

२. नागरिकलाई बढ्दो प्रदूषणकाे खतराका बारेमा जानकारी दिन सचेतना कार्यक्रमको आयोजना छिटो गरियोस् । साथै, प्रदूषणका कारण उत्पन्न हुने रोग र त्यीनका रोकथामका उपायहरू बारेमा जनचेतना फैलाउन अभियान संचालन गर्ने ।

३. काठमाण्डौको धुलो र वायु प्रदूषण घटाउन दीर्घकालीन वातावरण संरक्षण नीतिहरू र योजनाहरू तत्काल बनाउने ।

४. सवारीलाई जतिसक्दो  हानिकारक इन्धनको प्रयोग घटाउने,विद्युतीय ईन्धनकाे प्रयाेग गर्ने, हरियाली वृद्धि गर्ने र फोहोर व्यवस्थापन गर्ने ।

५, प्रदूषणबाट उत्पन्न हुने रोगको उपचारका लागि अस्पताल र स्वास्थ्य केन्द्रमा विशेष उपचार कक्षको स्थापना र स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने ।

संसारकै पहिलो नम्बर प्रदुषण शहरमा परिणत हालको  काठमाण्डौ उपत्यकामा प्रदूषणकाे मात्रा  अत्यन्तै चिन्ताजनक समस्याले गम्भीर बनिसकेको छ र यसका कारण नागरिकहरूको जीवनको गुणस्तर  तीब्र रुपमा घट्दै गएको अवस्था छ । यसर्थ नेपाल सरकार र सम्बन्धित निकायलाई यथाशीघ्र प्रदुषण नियन्त्रणका उपायहरु अपनाई नागरिकको स्वास्थ्यप्रति गम्भीर हुन ध्यानाकर्षण गराउँदछाैं ।

दल मर्दन कामी

  • Related Posts

    निरज कार्की रितिजद्वारा १५औँ महाधिवेशनमा युवा तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

    मोरङ । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका निरज कार्की रितिजले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि (युवा तर्फ) पदमा उम्मेदवारी दिएका छन्। राजनीतिलाई नजिकबाट बुझ्ने उद्देश्यसहित विद्यार्थी राजनीतिमा…

    पाँचथरको फिदिममा देउवा निकट समुहले सम्पर्क कार्यालय खाेल्याे

    अजेन्द्र वाईबा तामाङ असाेज ५ पाँचथर नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पाँचथरमा पार्टीभित्रका विभिन्न समूहका संगठनात्मक गतिविधि तीव्र बनेका छन्। यसैक्रममा देउवा निकट नेपाली कांग्रेस पाँचथर समूहले सदरमुकाम फिदिममा…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु