लिखित किर्तेमा गहतराज दाेषि, एक बर्ष कैद फैसला

काठमाडौ । नक्कलि सर्टिफिकेट प्रकरणमा एक बर्ष देखि तारिखलाई विभिन्न तवरबाट अल्झाउँदै र लम्ब्याउँदै आएका सि बि गहतराज अन्तत दाेषी प्रमाणित भएका छन्।

काठमाडौं जिल्ला अदालतकाे मिति २०८१ साल कार्तिक २५ गत्तेकाे फैसला अनुसार कसुरदार सि बि गहतराजलाई १ बर्ष कैदकाे सजाय सुनाईएकाे उक्त लिखित किर्ते सम्बन्धि जाहेरवाला सुजन उपरकाेटिका तर्फबाट बहसमा रहेका अधिवक्ता किशाेर सापकाेटाले बताएका छन्।

सि बि गहतराजले ब्याचलरको नक्कली सर्टिफिकेट बनाएर दुरुपयोग गरेको आरोपमा प्रहरीले २०८० मंसिर २५ गत्ते मंगलबार गहतराजलाई अनामनगर आसपासबाट पक्राउ गरेको थियाे भने १९ दिन हिरासतमा बसेर ७० हजार धराैटिमा छुटेका थिए।

महान् अभियान नामक पत्रिका दर्तागर्ने क्रममा २५ बर्ष अघि गहतराजले नक्कलि कागजातहरु तयार गरेकाे बयानका क्रममा अध्यक्ष गहतराजले बताएका थिए।

संस्थागत विधान विपरीत आफुलाई मनलाग्दाे र उसकाे पक्षमा नबाेल्ने काम गरेकाे भन्दै गहतराजले महासंघका सहअध्यक्ष उद्धब प्रसाद चिमाेरिया, महासचिब ज्ञानेन्द्रराज सापकाेटा लगायतलाई माईनुट चाेरि तथा किर्ते गरेकाे भन्दै दुख समेत दिएका थिए। भने आफू बिरुद्धकाे भिडियाे प्रचार गरेर आफ्नाे मान हानि गरेकाे भन्दै केही युटुब सञ्चालकहरुलाइ समेत मुद्दा लगाएर दुख दिएका थिए।

निज गहतराजले नक्कलि सर्टिफिकेड दुरुपयाेग गरेकाे बिषयमा तत्कालकाे समयमा ratopati.com र space4k Tv ले समेत समाचार सम्प्रेषण गरेका थिए।

  • Related Posts

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    अजेन्द्र वाईबा तामाङ साउन ११ ,फिदिम पाँचथरको फिदिममा नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी आज देखि सुरु भएको छ। किरात राई यायोक्खाको आयोजनामा तथा नेपाल आदिवासी…

    पाँचथरमा नौमती बाजा सहित बेठि उत्सब मनाए

    अजेन्द्र वाईबा तामाङ साउन ९ ,पाँचथर पाँचथरको फिदिम नगरपालिका–५ मा शनिबार परम्परागत बेठी उत्साहपूर्वक मनाइएको छ। स्थानीय लक्ष्मीप्रसाद चापागाईँको धान रोपाइँलाई सामूहिक श्रम र सांस्कृतिक उत्सवका रूपमा रूपान्तरण गर्दै परिवार,…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु