आमूल परिवर्तन नागरिक पार्टीको सचिवालय बैठक सम्पन्न

आमुल परिवर्तन नागरिक पार्टीको संघीय (केन्द्रिय)कार्यलयमा उपत्यकामा उपलब्ध पार्टी संघीय सचिवालय सद्स्यहरुको बैठक सम्पन्न भएको छ ।

बैठकले पौष महिनाको अन्तिम हप्तामा प्रदेश १ मा प्रदेश स्तरिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ।

त्यस्तै अफिस ब्यबस्थापनको लागी पार्टी आर्थिक बिभाग प्रमुख पार्टी उपाध्यक्ष डिल्ली बहादुर तामाङ र  पार्टीका कोषाध्यक्ष डिके लिम्बु लाई जिम्मेवारी तोकिएको छ भने महिला तथा बालबालिका माथि बढीरहेको सबैप्रकारको हिंसा अन्याय अत्याचारको बिरोध र न्याय अधिकार सुनिश्चितताका निमित्त पार्टीको तर्फबाट महिला बिभाग इन्चार्ज पार्टीका वरिष्ठ नेता कमला हेमचुरी र पार्टी सचिव सृजना लामा भट्टराईलाइ जिम्मेवारी तोकिएको छ।

ख्रिस्टमस/अङ्ग्रेजी नयाँ बर्ष ,लोछार ,उधौली लगायतका पर्वको उपलक्ष्यमा चियापान तथा पार्टी कार्यलय उद्घाटन कार्यक्रमको संयोजक पार्टीका उपाध्यक्ष बलराम बिक शैलेसलाई दिइएको छ।

मुद्दा र आस्था मिल्ने पार्टीहरुसंगको एकिकरण र सहकार्यलाई निरन्तरता दिने लगाएत महत्वपुर्ण बिषयमा पार्टीका अध्यक्ष दल मर्दन कामी,भरत गिरि र महासचिव प्रेमबहादुर कार्कीलाई नै निरन्तरता दिन जिम्मेवारी दिएको छ।

त्यसै सबै बिभाग र संगठनले आ-आफ्ना जिम्मेवारीलाई सशक्त र प्रभवकारी रूपमा बहन गर्नु पर्ने र समसामयिक विभिन्न विषयमा छलफल सहित महत्वपुर्ण निर्णयहरु गरेको छ ।

पार्टीका जिम्मेवार साथीहरूले उत्पीडित जनताको चाहना र देशको आवश्यकता र आफ्ना जिम्मेवारीलाई सशक्त रूपले कार्य गर्न गराउन रचनात्मक सकारात्मक र प्रभावकारी रूपमा सशक्त पहल गर्न निर्देशन जारी गरेको छ ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट