इलामको तयारी चियामा अन्तर्राष्ट्रिय बजारको बढ्दो माग, उत्पादन भने घट्यो

इलाम – इलाममा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा दिन प्रतिदिन बढ्दै गएको छ। भारत, चीन, फ्रान्सलगायत विभिन्न देशहरूबाट माग आउने गरेको भए पनि यस वर्ष उत्पादनमा कमी भएको चिया व्यवसायीहरू बताउँछन्।

इलाम नगरपालिका–५ बिब्ल्याँटे निवासी चिया व्यवसायी शरद सुब्बाका अनुसार विदेशी व्यापारीले यस वर्ष दुई हजार किलो ‘स्पेसल टी’ माग गरेका थिए। तर उत्पादनमा कमीका कारण एक हजार पाँच सय किलो मात्र निर्यात गर्न सम्भव भएको उनले जनाएका छन्।

फिक्कलस्थित सिद्धिविनायक चिया उद्योगका सञ्चालक दिनेश अग्रवालले गुणस्तरीय चिया उत्पादनमा जोड दिँदै किसान र व्यवसायी मिलेर चिया गुणस्तर सुधार्न आवश्यक रहेको बताएका छन्। यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको माग अझ बढ्न सक्ने उनको विश्वास छ।

तीनजुरे चिया कारखानाले यस वर्ष ‘गोल्डेन ब्ल्याक’ र ‘ग्रीन टी’ गरी २० क्विन्टल चिया फ्रान्स निर्यात गरेको छ। त्यस्तै, ग्रीनहिल चिया उद्योगले आठ हजार किलो तयारी चिया भारत तथा तेस्रो मुलुकमा निर्यात गरेको जानकारी प्राप्त भएको छ। उद्योगका सञ्चालक टङ्क दाहालले गत वर्षको तुलनामा यस वर्ष उत्पादन घटेर ४०–४२ हजार किलोमा सिमित हुने अपेक्षा व्यक्त गरे।

झापाको मेची भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा तीन अर्ब १६ करोड ३८ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको थियो। नेपालमा उत्पादित चियामध्ये १० प्रतिशत मुलुकभित्र खपत हुने गरेको र बाँकी चियाको प्रमुख बजार भारत तथा अन्य तेस्रो मुलुक रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ।

बोर्डका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार जलवायु परिवर्तनले हरियो चियाको उत्पादनमा असर गरेको छ। इलाममा हाल ८,८७६ किसान चियाखेतीमा आश्रित छन् र जिल्लामा ७,२३६ हेक्टर जमिनमा चियाखेती हुँदै आएको छ।

  • Related Posts

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    टेक्सास । अमेरिकाको टेक्सास राज्यस्थित फोर्ट वर्थ शहरमा नेपाली स्वाद, संस्कृति र मसिनो मसलाको सुगन्ध फैलाइरहेका छन्, एक उर्जावान नेपाली युवा शेफ निश्चल ढुङ्गाना । सामान्य परिवारबाट उठेर अन्तर्राष्ट्रिय खाद्य…

    “बाटो पनि अधुरो, पानी पनि बन्द — मेहेलेका जनता प्यासै, विद्यालयसमेत संकटमा”

      ताप्लेजुङ २०८३ जेष्ठ १० ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं. ६ मेहेलेमा सडक निर्माणको नाममा भएको लापरवाहीका कारण स्थानीय बासिन्दा मात्रै होइन, विद्यालयसमेत गम्भीर खानेपानी संकटमा परेको छ। मेहेले भञ्ज्याङ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना