बझाङ प्रदेश “क”मा नेकपा एमालेको उम्मेदवार दमन भण्डारीको जित

बझाङ क्षेत्र नम्बर–१ ‘क’मा नेकपा (एमाले)का दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका अभिषेक सिंहलाई पराजित गर्दै प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

भण्डारीले ११ हजार ६१३ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार ३४६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । उनीहरूबीचको मतान्तर २६७ छ ।

बझाङ १ को ‘क’मा नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहसहित ८ उमेदवारको जमानत जफत भएको छ ।

निर्वाचन आयोगका अनुसार तीन दलबाहेक अरु दलले कूल सदर मतको १० प्रतिशत मत ल्याउन सकेका छैनन् । शनिबार भएको मतगणनाको परिणाम सोमबार दिउँसो घोषणा गरिएको छ ।

आयोगका अनुसार ६१ हजार ७४८ मतदाता रहेको उक्त क्षेत्रमा करिब ५० प्रतिशत मत खसेको थियो । जसमध्ये २९ हजार ७०५ मत सदर भएको छ ।  प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को धारा ७१ मा धरौटी जफतको व्यवस्था छ ।

जसमा कूल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उमेदवारको धरौटी जफत हुने व्यवस्था गरिएको छ ।

“पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उमेदवारको धरौटी जफत हुनेछ । तर निर्वाचित उमेदवारको हकमा यो कुरा लागू हुने छैन,” धारा ७१ को उपधारा १ मा उल्लेख छ ।

बझाङ १ को कूल सदर मत अनुसार धरौटी जोगाउनका लागि उमेदवारले कूल २ हजार ९ सय बढी मत ल्याउनुपर्ने हुन्छ ।

  • Related Posts

    निरज कार्की रितिजद्वारा १५औँ महाधिवेशनमा युवा तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

    मोरङ । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका निरज कार्की रितिजले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि (युवा तर्फ) पदमा उम्मेदवारी दिएका छन्। राजनीतिलाई नजिकबाट बुझ्ने उद्देश्यसहित विद्यार्थी राजनीतिमा…

    पाँचथरको फिदिममा देउवा निकट समुहले सम्पर्क कार्यालय खाेल्याे

    अजेन्द्र वाईबा तामाङ असाेज ५ पाँचथर नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पाँचथरमा पार्टीभित्रका विभिन्न समूहका संगठनात्मक गतिविधि तीव्र बनेका छन्। यसैक्रममा देउवा निकट नेपाली कांग्रेस पाँचथर समूहले सदरमुकाम फिदिममा…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु