बझाङ प्रदेश “क”मा नेकपा एमालेको उम्मेदवार दमन भण्डारीको जित

बझाङ क्षेत्र नम्बर–१ ‘क’मा नेकपा (एमाले)का दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका अभिषेक सिंहलाई पराजित गर्दै प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

भण्डारीले ११ हजार ६१३ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार ३४६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । उनीहरूबीचको मतान्तर २६७ छ ।

बझाङ १ को ‘क’मा नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहसहित ८ उमेदवारको जमानत जफत भएको छ ।

निर्वाचन आयोगका अनुसार तीन दलबाहेक अरु दलले कूल सदर मतको १० प्रतिशत मत ल्याउन सकेका छैनन् । शनिबार भएको मतगणनाको परिणाम सोमबार दिउँसो घोषणा गरिएको छ ।

आयोगका अनुसार ६१ हजार ७४८ मतदाता रहेको उक्त क्षेत्रमा करिब ५० प्रतिशत मत खसेको थियो । जसमध्ये २९ हजार ७०५ मत सदर भएको छ ।  प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को धारा ७१ मा धरौटी जफतको व्यवस्था छ ।

जसमा कूल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उमेदवारको धरौटी जफत हुने व्यवस्था गरिएको छ ।

“पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उमेदवारको धरौटी जफत हुनेछ । तर निर्वाचित उमेदवारको हकमा यो कुरा लागू हुने छैन,” धारा ७१ को उपधारा १ मा उल्लेख छ ।

बझाङ १ को कूल सदर मत अनुसार धरौटी जोगाउनका लागि उमेदवारले कूल २ हजार ९ सय बढी मत ल्याउनुपर्ने हुन्छ ।

  • Related Posts

    रास्वपा ताप्लेजुङको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयनसँगै १५० भन्दा बढी युवा पार्टीमा प्रवेश

    राज याक्खा, ताप्लेजुङ्  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन शनिबार उत्साहजनक सहभागिताका बीच सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ जिल्ला कार्यसमिति चयन गर्दै संगठनलाई थप सुदृढ…

    राष्ट्रिय स्वतन्त्र पार्टी सिदिङ्वा गाउँपालिकाको पहिलो पालिका अधिवेशन सम्पन्न अध्यक्षामा कविराज लिम्बु चयन

    ताप्लेजुङ राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ले जिल्लाकै पहिलो पालिका अधिवेशन सम्पन्न गरेको छ। जेष्ठ नागरिक होमनाथ बानियाँ ज्यूको अध्यक्षतामा पालिका स्तरीय खुल्ला भेलाका प्रमुख अतिथिका रूपमा मिङ्मा डेभिड…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु