नेकपा एमालेका सुहाङ नेम्वाङ इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

जिल्ला संवाददाता, इलाम | इलाम क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई झण्डै ६ हजार मतले पराजित गर्दै नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभामा निर्वाचित भएका छन्।

निर्वाचन आयोगका अनुसार नेम्बाङले ६८ हजार ४७२ वैध मतमध्ये २७ हजार ७ सय ७२ मत ल्याएर २१ हजार ९४२ मत प्राप्त गरेका खड्कालाई ५ हजार ८३० मतले पछि पारेका छन्।

स्वतन्त्र उम्मेदवार डाकेन्द्र सिंह थेगिम लिम्बु ११ हजार ४५७ मतका साथ तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु ५ हजार ५० मत ल्याएर चौथो स्थानमा रहे।

शीर्ष तीन बाहेकका सबै उम्मेदवारले वैध मतको १० प्रतिशत ल्याएर आफ्नो धरौटी जोगाउन सकेनन्।

इलाम–२ मा शनिबार भएको उपनिर्वाचनमा कुल ६९ हजार २८७ मत खसेको छ । निर्वाचन क्षेत्रमा एक लाख १५ हजार ८८९ मतदाता छन्।

सुहाङका बुबा एमालेका सुवास नेम्वाङ २०२२ नोभेम्बरमा इलाम–२ बाट कांग्रेसका खड्कालाई थोरै मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए। नेम्वाङले ३० हजार २० मत पाएका छन् भने खड्काले २९ हजार ९०६ मत पाएका छन् । त्यसबेला खड्का सत्तारुढ गठबन्धनका साझा उम्मेदवार थिए।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट