परिस्थितिलाई नियन्त्रण गर्न सक्ने प्रतिनिधि पठाउन महासंघ झापाको पत्राचार कोशी प्रदेशलाइ

अविन मेयाङ्गवो,झापा/ नेपाल पत्रकार महासंघ झापा शाखाको बैशाख १७ गते अतिथि सदन बिर्तामोडमा हुन गइरहेको १४ औं अधिबेशनको लागि कोशी प्रदेशबाट प्रतिनिधि पठाउने सम्बन्धमा झापाले पत्राचार गरेको छ।

उक्त पत्राचारमा भने प्रतिनिधि पठाउँदा झापाको परिस्थिति बुझेको, उठेका जिज्ञासाको सही जवाफ दिन सक्ने र परिस्थितिलाई नियन्त्रण गर्न सक्ने कुशल प्रतिनिधि पठाइदिनु हुन अनुरोध गरिएको छ भनेर ने.प.म.झापाका अध्यक्ष एकराज गिरिले हस्ताक्षर गरेको पत्र प्रदेश समितिलाइ पठाएको छ।

झापा कार्यसमितिले पत्राचार गरेको पत्रको अंश:-

प्रस्तुत विषयमा नेपाल पत्रकार महासंघ झापा शाखा कार्यसमितिको मिति २०८१ वैशाख ६ गतेको बैठकको सर्वसम्मत निर्णय अनुसार महासंघ झापा शाखाको १४ औं अधिवेशनको २०८१ वैशाख १७ गते हुने निश्चय भएकाले प्रदेश प्रतिनिधि पठाइदिनु हुन अनुरोध छ ।
प्रतिनिधि पठाउँदा झापाको परिस्थिति बुझेको, उठेका जिज्ञासाको सही जवाफ दिन सक्ने र परिस्थितिलाई नियन्त्रण गर्न सक्ने कुशल प्रतिनिधि पठाइदिनु हुन अनुरोध छ ।

कार्यक्रम :
१७ वैशाख २०८१
अतिथि सदन, बिर्तामोड, झापा
कार्यक्रम शुरु : बिहान ठिक ११:१५ बजे

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु