प्रथम गुरु टोली फुटसल प्रतियोगिता २०८१ को उपाधि रियल स्टार एफसी दमकले चुमेको छ ।

शनिबार नयाँ वर्षको अवसरमा दमक १ भाङबारीस्थित स्पा एनि फुटसल कोर्टमा भएको फाइनल खेलमा मानपुर एफसी माङसेबुङलाई ४–० गोल अन्तरले पराजित गर्दै रियल स्टारले उपाधि चुमेको हो ।

पहिलो हाफमा २–० को अग्रता लिएको रियलले दोस्रो हाफमा थप २ गोल गर्दै समग्रमा ४–० को जित हासिल गरेको थियो ।

उपाधि चुमेसँगै रियलले नगद ३१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, उपविजेता बनेका मानपुरले नगद १६ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु परेको छ ।

व्यक्तिगत विधातर्फ रियलका निर्जल बोहोरा सर्वाधिक गोलकर्ता बनेका छन् भने रियलकै सोनु तामाङ उत्कृष्ट गोल रक्षक बने ।

त्यस्तै प्लेयर अफ द टुर्नामेन्ट मानपुर एफसीका आशिष लिम्बू र उदयमान खेलाडी भाङबारी एफसिका सौगात मगर घोषित भए ।

कार्यक्रममा माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई, नेपाली राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक प्रवेशकटुवाल, गायक एकदेव लिम्बू लगायतको उपस्थिति रहेको थियो ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट