ताप्लेजुङमा पर्यटन महोत्सव हुने

२०८१ जेठ ३ देखि ७ गते सम्म ५ दिने पर्यटन महोत्सव ताप्लेजुङमा हुने भएको हो।

ताप्लेजुङ जिल्लाका सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्था प्रमुखहरूको बसेको बैठकले पर्यटन महोत्सव मनाउने निर्णय गरेको हो। महोत्सव साविकको नेपाली सेनाको दुर्गा दल गुल्मको प्राङ्गणमा आयोजना गर्न प्रस्ताव गरेको छ।

गुल्मको प्राङ्गणमा महोत्सवको आयोजन गर्ने गरी स्थान प्रस्ताव गरी गुल्मपतिलाई पत्र पठाइएको जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले जानकारी दिए।बैठकले महोत्सवमा पर्यटकीय स्थलको अवलोकन, खाद्य महोत्सव तथा होमस्टे प्रवर्द्धन र मेयर कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव गरेको छ।यस्तै पाथीभरा खुल्ला म्याराथन प्रतियोगिता, लोक झाँकी तथा सांस्कृतिक कार्यक्रम, डोको क्यारी रन, डोको बुन्ने र टपरी बुन्ने प्रतियोगिताका साथै तेस्रो औद्योगिक कृषि तथा मेला समेत ताप्लेजुङ पर्यटन महोत्सवकै समयमा आयोजना गर्ने गरी तयारी थालिएको जानकारि दिनु भएको छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट