परिस्थितिलाई नियन्त्रण गर्न सक्ने प्रतिनिधि पठाउन महासंघ झापाको पत्राचार कोशी प्रदेशलाइ

अविन मेयाङ्गवो,झापा/ नेपाल पत्रकार महासंघ झापा शाखाको बैशाख १७ गते अतिथि सदन बिर्तामोडमा हुन गइरहेको १४ औं अधिबेशनको लागि कोशी प्रदेशबाट प्रतिनिधि पठाउने सम्बन्धमा झापाले पत्राचार गरेको छ।

उक्त पत्राचारमा भने प्रतिनिधि पठाउँदा झापाको परिस्थिति बुझेको, उठेका जिज्ञासाको सही जवाफ दिन सक्ने र परिस्थितिलाई नियन्त्रण गर्न सक्ने कुशल प्रतिनिधि पठाइदिनु हुन अनुरोध गरिएको छ भनेर ने.प.म.झापाका अध्यक्ष एकराज गिरिले हस्ताक्षर गरेको पत्र प्रदेश समितिलाइ पठाएको छ।

झापा कार्यसमितिले पत्राचार गरेको पत्रको अंश:-

प्रस्तुत विषयमा नेपाल पत्रकार महासंघ झापा शाखा कार्यसमितिको मिति २०८१ वैशाख ६ गतेको बैठकको सर्वसम्मत निर्णय अनुसार महासंघ झापा शाखाको १४ औं अधिवेशनको २०८१ वैशाख १७ गते हुने निश्चय भएकाले प्रदेश प्रतिनिधि पठाइदिनु हुन अनुरोध छ ।
प्रतिनिधि पठाउँदा झापाको परिस्थिति बुझेको, उठेका जिज्ञासाको सही जवाफ दिन सक्ने र परिस्थितिलाई नियन्त्रण गर्न सक्ने कुशल प्रतिनिधि पठाइदिनु हुन अनुरोध छ ।

कार्यक्रम :
१७ वैशाख २०८१
अतिथि सदन, बिर्तामोड, झापा
कार्यक्रम शुरु : बिहान ठिक ११:१५ बजे

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट