प्रथम गुरु टोली फुटसल प्रतियोगिता २०८१ को उपाधि रियल स्टार एफसी दमकले चुमेको छ ।

शनिबार नयाँ वर्षको अवसरमा दमक १ भाङबारीस्थित स्पा एनि फुटसल कोर्टमा भएको फाइनल खेलमा मानपुर एफसी माङसेबुङलाई ४–० गोल अन्तरले पराजित गर्दै रियल स्टारले उपाधि चुमेको हो ।

पहिलो हाफमा २–० को अग्रता लिएको रियलले दोस्रो हाफमा थप २ गोल गर्दै समग्रमा ४–० को जित हासिल गरेको थियो ।

उपाधि चुमेसँगै रियलले नगद ३१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, उपविजेता बनेका मानपुरले नगद १६ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु परेको छ ।

व्यक्तिगत विधातर्फ रियलका निर्जल बोहोरा सर्वाधिक गोलकर्ता बनेका छन् भने रियलकै सोनु तामाङ उत्कृष्ट गोल रक्षक बने ।

त्यस्तै प्लेयर अफ द टुर्नामेन्ट मानपुर एफसीका आशिष लिम्बू र उदयमान खेलाडी भाङबारी एफसिका सौगात मगर घोषित भए ।

कार्यक्रममा माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई, नेपाली राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक प्रवेशकटुवाल, गायक एकदेव लिम्बू लगायतको उपस्थिति रहेको थियो ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु