ताप्लेजुङमा पर्यटन महोत्सव हुने

२०८१ जेठ ३ देखि ७ गते सम्म ५ दिने पर्यटन महोत्सव ताप्लेजुङमा हुने भएको हो।

ताप्लेजुङ जिल्लाका सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्था प्रमुखहरूको बसेको बैठकले पर्यटन महोत्सव मनाउने निर्णय गरेको हो। महोत्सव साविकको नेपाली सेनाको दुर्गा दल गुल्मको प्राङ्गणमा आयोजना गर्न प्रस्ताव गरेको छ।

गुल्मको प्राङ्गणमा महोत्सवको आयोजन गर्ने गरी स्थान प्रस्ताव गरी गुल्मपतिलाई पत्र पठाइएको जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले जानकारी दिए।बैठकले महोत्सवमा पर्यटकीय स्थलको अवलोकन, खाद्य महोत्सव तथा होमस्टे प्रवर्द्धन र मेयर कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव गरेको छ।यस्तै पाथीभरा खुल्ला म्याराथन प्रतियोगिता, लोक झाँकी तथा सांस्कृतिक कार्यक्रम, डोको क्यारी रन, डोको बुन्ने र टपरी बुन्ने प्रतियोगिताका साथै तेस्रो औद्योगिक कृषि तथा मेला समेत ताप्लेजुङ पर्यटन महोत्सवकै समयमा आयोजना गर्ने गरी तयारी थालिएको जानकारि दिनु भएको छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु