राष्ट्रिय पूर्वी पहाडी वन पैदावार व्यवसाय संघ पाँचथरमा नयाँ कार्यसमिति चयन

अजेन्द्र वाईबा तामाङ
असार ८ ,पाँचथर
राष्ट्रिय पूर्वी पहाडी वन पैदावार व्यवसाय संघ, पाँचथरको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। फिदिम नगरपालिका–१ स्थित संघको भवनमा सम्पन्न अधिवेशन तथा निर्वाचन कार्यक्रमबाट गजेन्द्र बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो।
निर्वाचन संयोजक समिति संयोजक सूर्यकुमार निरौलाको उपस्थितिमा सम्पन्न निर्वाचन प्रक्रियाबाट वरिष्ठ उपाध्यक्षमा याम प्रसाद चापागाईं, उपाध्यक्षद्वयमा दुर्गाकुमार भारती र मदनकुमार सुब्बा चयन भएका छन्।
त्यसैगरी सचिवमा दिनेश राई, सह–सचिवमा उदयनारायण केरुङ तथा कोषाध्यक्षमा हिमाल सिं तुम्रोक निर्वाचित भएका छन्।
नवनिर्वाचित सदस्यहरूमा दीपककुमार घिमिरे, नरवीर चेम्जोङ, दिनेश तामाङ, विनोद नेम्वाङ, कञ्चन तुम्रोक, दीपेन्द्र पुलामी मगर, जलकुमार गुरुङ र नवराज तामाङ रहेका छन्।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै उपस्थित वक्ताहरूले वन पैदावार व्यवसायको संरक्षण, प्रवर्द्धन तथा व्यवसायीहरूको हकहितका लागि नयाँ कार्यसमितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।
नवनिर्वाचित अध्यक्ष गजेन्द्र बहादुर थापाले व्यवसायीहरूको एकता, वन पैदावारको दिगो उपयोग तथा व्यवसायिक विकासका लागि आफू प्रतिबद्ध भएर काम गर्ने बताएका छन्। उनले संघलाई थप सशक्त र क्रियाशील बनाउँदै व्यवसायीहरूको समस्या समाधान तथा अधिकार संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागीहरूले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। संघको नयाँ नेतृत्व चयनसँगै वन पैदावार व्यवसायलाई थप व्यवस्थित, प्रभावकारी र व्यवसायीमैत्री बनाउने अपेक्षा गरिएको छ।

  • Related Posts

    फिदिम माविमा लागू औषध दुरुपयोग विरुद्ध सचेतनामूलक कक्षा सञ्चालन

    अजेन्द्र वाईबा तामाङ असार ११,पाँचथर लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (जून २६) को अवसरमा देशभर सप्ताहव्यापी रूपमा सञ्चालन भइरहेको “लागू औषधको चुनौती चिनौंः सामाजिक समाधानको बाटो…

    सशस्त्र प्रहरीद्वारा सुखबोध माविमा आगलागी नियन्त्रण सम्बन्धी प्रदर्शन

    अजेन्द्र वाईबा तामाङ असार ,१० पाँचथर समुदायमा आईपर्न सक्ने विभिन्न प्रकारका विपद् तथा आगलागीजन्य घटनाप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल नं. २ गुल्म हेक्वा हिमशिखर, पाँचथरको आयोजनामा…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    फिदिम माविमा लागू औषध दुरुपयोग विरुद्ध सचेतनामूलक कक्षा सञ्चालन

    फिदिम माविमा लागू औषध दुरुपयोग विरुद्ध सचेतनामूलक कक्षा सञ्चालन