सशस्त्र प्रहरीद्वारा सुखबोध माविमा आगलागी नियन्त्रण सम्बन्धी प्रदर्शन

अजेन्द्र वाईबा तामाङ
असार ,१० पाँचथर
समुदायमा आईपर्न सक्ने विभिन्न प्रकारका विपद् तथा आगलागीजन्य घटनाप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल नं. २ गुल्म हेक्वा हिमशिखर, पाँचथरको आयोजनामा “Fire Fighting Demonstration” कार्यक्रम सम्पन्न गरिएको छ।
पाँचथरको फिदिम नगरपालिका–४, जोरसालस्थित श्री सुखबोध माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागितामा आयोजित उक्त कार्यक्रममा आगलागीका घटनामा अपनाउनुपर्ने सावधानी, आगो नियन्त्रणका प्रारम्भिक उपायहरू तथा आगो निभाउने उपकरणहरूको प्रयोगसम्बन्धी व्यावहारिक प्रदर्शन गरिएको थियो।
कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रशिक्षित सुरक्षाकर्मीहरूले आगलागी हुँदा आत्तिनु नहुने, समयमै उद्धार तथा नियन्त्रणका उपाय अवलम्बन गर्नुपर्ने तथा समुदायस्तरमै विपद् व्यवस्थापनका आधारभूत सीपहरू विकास गर्नुपर्ने विषयमा जानकारी गराएका थिए। साथै, अग्नि नियन्त्रक (Fire Extinguisher) को सही प्रयोग, ग्यास तथा विद्युतीय कारणबाट हुने आगलागी नियन्त्रणका उपायहरूबारे प्रत्यक्ष अभ्याससमेत गराइएको थियो।
उक्त कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीहरूले फायर फाइटिङ सम्बन्धी व्यावहारिक ज्ञान प्राप्त गरेको बताउँदै यस्ता कार्यक्रमले विपद् जोखिम न्यूनीकरण तथा सुरक्षित समुदाय निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
सशस्त्र प्रहरी बल नेपाल नं. २ गुल्म हेक्वा हिमशिखर, पाँचथरले यस्ता जनचेतनामूलक कार्यक्रमहरूलाई आगामी दिनमा समेत निरन्तरता दिँदै समुदायस्तरमा विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने जनाएको छ।

  • Related Posts

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    तामाङ भाषा शिक्षा सम्बन्धि प्रादेशिक उद्घाटन कार्यक्रम सम्पन्न

    अजेन्द्र वाईबा तामाङ असाेज २८,सिन्धुपाल्चोक काठमाडौँ विश्वविद्यालयको आयोजना तथा नेपाल तामाङ घेदुङ र गोले तामाङ वंश उत्थान समाजको सहआयोजनामा सिन्धुपाल्चोक जिल्लाको थाङ्पाल पाँचपोखरी गाउँपालिका–५, पाँचपोखरीमा असोज २६, २७ र २८…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित