राष्ट्रिय पूर्वी पहाडी वन पैदावार व्यवसाय संघ पाँचथरमा नयाँ कार्यसमिति चयन

अजेन्द्र वाईबा तामाङ
असार ८ ,पाँचथर
राष्ट्रिय पूर्वी पहाडी वन पैदावार व्यवसाय संघ, पाँचथरको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। फिदिम नगरपालिका–१ स्थित संघको भवनमा सम्पन्न अधिवेशन तथा निर्वाचन कार्यक्रमबाट गजेन्द्र बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो।
निर्वाचन संयोजक समिति संयोजक सूर्यकुमार निरौलाको उपस्थितिमा सम्पन्न निर्वाचन प्रक्रियाबाट वरिष्ठ उपाध्यक्षमा याम प्रसाद चापागाईं, उपाध्यक्षद्वयमा दुर्गाकुमार भारती र मदनकुमार सुब्बा चयन भएका छन्।
त्यसैगरी सचिवमा दिनेश राई, सह–सचिवमा उदयनारायण केरुङ तथा कोषाध्यक्षमा हिमाल सिं तुम्रोक निर्वाचित भएका छन्।
नवनिर्वाचित सदस्यहरूमा दीपककुमार घिमिरे, नरवीर चेम्जोङ, दिनेश तामाङ, विनोद नेम्वाङ, कञ्चन तुम्रोक, दीपेन्द्र पुलामी मगर, जलकुमार गुरुङ र नवराज तामाङ रहेका छन्।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै उपस्थित वक्ताहरूले वन पैदावार व्यवसायको संरक्षण, प्रवर्द्धन तथा व्यवसायीहरूको हकहितका लागि नयाँ कार्यसमितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।
नवनिर्वाचित अध्यक्ष गजेन्द्र बहादुर थापाले व्यवसायीहरूको एकता, वन पैदावारको दिगो उपयोग तथा व्यवसायिक विकासका लागि आफू प्रतिबद्ध भएर काम गर्ने बताएका छन्। उनले संघलाई थप सशक्त र क्रियाशील बनाउँदै व्यवसायीहरूको समस्या समाधान तथा अधिकार संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागीहरूले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। संघको नयाँ नेतृत्व चयनसँगै वन पैदावार व्यवसायलाई थप व्यवस्थित, प्रभावकारी र व्यवसायीमैत्री बनाउने अपेक्षा गरिएको छ।

  • Related Posts

    पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदान

    अजेन्द्र वाईबा तामाङ भदौ ६, पाँचथर श्रम संस्कृति पार्टी पाँचथरले फिदिम नगरपालिका वडा नं. १, २ र ४ को संयुक्त आयोजनामा शनिबार श्रमदान कार्यक्रम गरेको छ। ‘आफ्नो गाउँ आफैँ बनाऔँ’…

    सडक सेवाबाट उद्वव प्रसाद अधिकारीको बिदाइ

    अजेन्द्र वाईबा तामाङ भदौ ४,इलाम सडक विभागअन्तर्गत विभिन्न योजना तथा कार्यालयमा तीन दशकभन्दा लामो समय सेवा गर्नुभएका उद्वव प्रसाद अधिकारी सडक डिभिजन कार्यालय इलामबाट सेवाबाट बिदा हुनुभएको छ। वि.सं. २०२५…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदान

    पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदान