Yoga for Ageing’ मूल नारासहित फिदिममा १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइयो

अजेन्द्र वाईबा तामाङ
असार ७ पाँचथर
१२औँ अन्तर्राष्ट्रिय योग दिवस २०८३ को अवसरमा “बुढ्यौलीका लागि योग (Yoga for Ageing)” भन्ने मूल भावनालाई आत्मसात् गर्दै पतञ्जलि योग समिति नेपाल, महिला पतञ्जलि योग समिति नेपाल तथा युवा नेपाल समितिको आयोजनामा फिदिममा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत योग दिवस भव्य रूपमा सम्पन्न गरिएको छ।
फिदिम नगरपालिका –१ स्थित पतञ्जलि भवनमा आज आयोजित कार्यक्रममा पतञ्जलि योग समिति नेपालका अध्यक्ष श्री हरि प्रकाश सुबेदीको अध्यक्षता रहेको थियो भने फिदिम नगरपालिकाका नगर प्रमुख श्री मित्र प्रसाद काफ्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्र अधिकारी लगायत विभिन्न सामाजिक, शैक्षिक तथा स्वास्थ्य क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
योग दिवसको अवसरमा आयोजित कार्यक्रममा योगको महत्व, स्वस्थ जीवनशैलीमा यसको भूमिका तथा विशेषगरी वृद्धावस्थामा योगले पुर्‍याउने सकारात्मक प्रभावबारे चर्चा गरिएको थियो। सहभागीहरूले सामूहिक योग अभ्याससमेत गरेका थिए।
वक्ताहरूले योगलाई केवल शारीरिक अभ्यासका रूपमा नभई मानसिक, भावनात्मक तथा आध्यात्मिक स्वास्थ्य प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यमका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले नियमित योग अभ्यासले बुढ्यौली अवस्थामा देखिने विभिन्न स्वास्थ्य समस्याको न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत योग प्रशिक्षण, स्वास्थ्य सचेतना तथा विभिन्न जनचेतनामूलक गतिविधिहरू सञ्चालन भइरहेको आयोजकले जनाएको छ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण सरोकारवाला निकाय, सहभागी तथा स्वयंसेवकप्रति आयोजक समितिले आभार व्यक्त गरेको छ।

  • Related Posts

    पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदान

    अजेन्द्र वाईबा तामाङ भदौ ६, पाँचथर श्रम संस्कृति पार्टी पाँचथरले फिदिम नगरपालिका वडा नं. १, २ र ४ को संयुक्त आयोजनामा शनिबार श्रमदान कार्यक्रम गरेको छ। ‘आफ्नो गाउँ आफैँ बनाऔँ’…

    सडक सेवाबाट उद्वव प्रसाद अधिकारीको बिदाइ

    अजेन्द्र वाईबा तामाङ भदौ ४,इलाम सडक विभागअन्तर्गत विभिन्न योजना तथा कार्यालयमा तीन दशकभन्दा लामो समय सेवा गर्नुभएका उद्वव प्रसाद अधिकारी सडक डिभिजन कार्यालय इलामबाट सेवाबाट बिदा हुनुभएको छ। वि.सं. २०२५…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदान

    पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदान