Yoga for Ageing’ मूल नारासहित फिदिममा १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइयो

अजेन्द्र वाईबा तामाङ
असार ७ पाँचथर
१२औँ अन्तर्राष्ट्रिय योग दिवस २०८३ को अवसरमा “बुढ्यौलीका लागि योग (Yoga for Ageing)” भन्ने मूल भावनालाई आत्मसात् गर्दै पतञ्जलि योग समिति नेपाल, महिला पतञ्जलि योग समिति नेपाल तथा युवा नेपाल समितिको आयोजनामा फिदिममा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत योग दिवस भव्य रूपमा सम्पन्न गरिएको छ।
फिदिम नगरपालिका –१ स्थित पतञ्जलि भवनमा आज आयोजित कार्यक्रममा पतञ्जलि योग समिति नेपालका अध्यक्ष श्री हरि प्रकाश सुबेदीको अध्यक्षता रहेको थियो भने फिदिम नगरपालिकाका नगर प्रमुख श्री मित्र प्रसाद काफ्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्र अधिकारी लगायत विभिन्न सामाजिक, शैक्षिक तथा स्वास्थ्य क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
योग दिवसको अवसरमा आयोजित कार्यक्रममा योगको महत्व, स्वस्थ जीवनशैलीमा यसको भूमिका तथा विशेषगरी वृद्धावस्थामा योगले पुर्‍याउने सकारात्मक प्रभावबारे चर्चा गरिएको थियो। सहभागीहरूले सामूहिक योग अभ्याससमेत गरेका थिए।
वक्ताहरूले योगलाई केवल शारीरिक अभ्यासका रूपमा नभई मानसिक, भावनात्मक तथा आध्यात्मिक स्वास्थ्य प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यमका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले नियमित योग अभ्यासले बुढ्यौली अवस्थामा देखिने विभिन्न स्वास्थ्य समस्याको न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत योग प्रशिक्षण, स्वास्थ्य सचेतना तथा विभिन्न जनचेतनामूलक गतिविधिहरू सञ्चालन भइरहेको आयोजकले जनाएको छ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण सरोकारवाला निकाय, सहभागी तथा स्वयंसेवकप्रति आयोजक समितिले आभार व्यक्त गरेको छ।

  • Related Posts

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    तामाङ भाषा शिक्षा सम्बन्धि प्रादेशिक उद्घाटन कार्यक्रम सम्पन्न

    अजेन्द्र वाईबा तामाङ असाेज २८,सिन्धुपाल्चोक काठमाडौँ विश्वविद्यालयको आयोजना तथा नेपाल तामाङ घेदुङ र गोले तामाङ वंश उत्थान समाजको सहआयोजनामा सिन्धुपाल्चोक जिल्लाको थाङ्पाल पाँचपोखरी गाउँपालिका–५, पाँचपोखरीमा असोज २६, २७ र २८…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित