अजेन्द्र वाईबा तामाङ
असार ७ पाँचथर
१२औँ अन्तर्राष्ट्रिय योग दिवस २०८३ को अवसरमा “बुढ्यौलीका लागि योग (Yoga for Ageing)” भन्ने मूल भावनालाई आत्मसात् गर्दै पातञ्जल योग समिति नेपाल, जीवन बिज्ञान योग समिति नेपाल पाँचथर को आयोजनामा फिदिममा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत योग दिवस भव्य रूपमा सम्पन्न गरिएको छ।
फिदिम नगरपालिका १ मा अबस्थित पाँचथर उधाेग वाणिज्य संघकाे भवनमा आज आयोजित कार्यक्रममा पातञ्जल योग समिति नेपालका पाँचथरका अध्यक्ष श्री हेम प्रसाद गाैतम ज्युकाे अध्यक्षता रहेको थियो भने पातञ्जल याेग समिति पाँचथरका सल्लाहकार डाक्टर मधुराज केरुङ ज्युकाे प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा जीवन बिज्ञानका चन्द्र लिम्बु लगायत विभिन्न सामाजिक, शैक्षिक तथा स्वास्थ्य क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
योग दिवसको अवसरमा आयोजित कार्यक्रममा योगको महत्व, स्वस्थ जीवनशैलीमा यसको भूमिका तथा विशेषगरी वृद्धावस्थामा योगले पुर्याउने सकारात्मक प्रभावबारे चर्चा गरिएको थियो। सहभागीहरूले सामूहिक योग अभ्याससमेत गरेका थिए।
प्रमुख अतिथि ले योगलाई केवल शारीरिक अभ्यासका रूपमा नभई मानसिक, भावनात्मक तथा आध्यात्मिक स्वास्थ्य प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यमका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले नियमित योग अभ्यासले बुढ्यौली अवस्थामा देखिने विभिन्न स्वास्थ्य समस्याको न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत योग प्रशिक्षण,निशुल्क स्वास्थ्य सिबिर सचेतना तथा विभिन्न जनचेतनामूलक गतिविधिहरू सञ्चालन भइरहेको आयोजकले जनाएको छ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण सरोकारवाला निकाय, सहभागी तथा स्वयंसेवकप्रति आयोजक समितिले आभार व्यक्त गरेको छ।



