पाँचथरको च्याङथापुमा फुटबल खेल सुरु ।
पाँचथर जिल्ला याङवरक गाउपालिका १ च्याङथापुमा सुर्य प्रभात युवा क्लवको आयोजनामा आज मिति २०८०/१२/२५ गते बाट नया बर्ष १ गते सकिने गरि खेल सुरु भएको छ।
बैषाखे मेलाको सुभ अवसर पारेर पुरुष तथा महिला नकाउट फुटबल प्रतियोगिता सुरु भएको हो ।
पुरुष तर्फ प्रथम रु ६० हजार र द्वितिय रु ३० हजार ट्रफि, मेडल प्रमार्ण पत्र रहने छ भने महिला तर्फ प्रथम रु ३० हजार र द्वितिय रु १५ हजार ट्रफि, मेडल प्रमार्ण पत्र रहने छ ।
खेल याङवरक गा.पा. १ को खेल मैदानमा हुने छ ।
खेलमा २२ टिम सहभागि हुने आयोजक ले जानकारि दिएको छ।
खेल नया बर्ष अर्थात बैषाख १ गते समापन हुने छ । समापनको दिन बृहत सास्कृतिक कार्यक्रम समेत हुने क्लवका अध्यक्ष राजु राईले जानकारि दिनु भयो ।



