प्रतिस्थापन विधेयक दर्ता

काठमाडौँ, चैत १० गते । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ । अध्यादेश प्रतिस्थापन विधेयक शुक्रबार प्रतिनिधि सभा सचिवालयमा दर्ता भएको हो । संवैधानिक व्यवस्था अनुसार उक्त विधेयक यही चैत २२ गतेसम्म दुवै सदनबाट पारित र प्रमाणीकरण भइसक्नुपर्ने छ ।

करिब दुई साताको अवधिमा दुवै सदनमा विधेयक पारित, प्रमाणित र प्रमाणीकरणको चक्र पूरा नभए अध्यादेश स्वतः निष्क्रिय हुने छ । सभामुख देवराज घिमिरेसहितको टोली बुधबार आइपियुमा भाग लिन स्विट्जरल्यान्ड प्रस्थान गरेको अवस्थामा कम्तीमा एक साता प्रतिनिधि सभाको बैठक बस्ने सम्भावना छैन । अध्यादेशले संशोधन गरेका व्यवस्था हुबहु राखेर विधेयक ल्याइएको छ ।

सरकारको सिफारिसमा माघ ४ गते अध्यादेश जारी भएको थियो । माघ २२ गते सुरु भएको संसद् अधिवेशनमा अध्यादेश पेस भएको थियो । संवैधानिक व्यवस्था अनुसार अध्यादेश जारीपछिको अधिवेशन सुरु भएको ६० दिनभित्र प्रतिस्थापन प्रक्रिया पूरा भइसक्नु पर्छ । संविधानको धारा ११४ (२) को व्यवस्था अनुसार अधिवेशन प्रारम्भ भएको ६० दिनभित्रै उक्त प्रक्रिया पूरा हुनु पर्छ । तोकिएको अवधिमा प्रतिस्थापनको प्रक्रिया पूरा नभएमा अध्यादेश स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ । दुवै सदनको बैठक प्रारम्भ भएका मितिले उक्त समयसीमा सुरु हुने संवैधानिक व्यवस्था छ ।

अध्यादेशले चालु वर्षको खर्च अनुमान माघ १५ गतेभित्र गरिसक्ने व्यवस्थाको सट्टा माघ मसान्तसम्मको व्यवस्था गरेको थियो । यस्तै बजेट तर्जुमासम्बन्धी मागदर्शन र ढाँचा माघ मसान्तसम्म पठाउने व्यवस्थालाई फागुन मसान्तसम्म मन्त्रालय, आयोग तथा सचिवालयमा पठाउने गरी संशोधन भएको थियो ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु