इलाम २ को उपनिर्वाचन पहिचावादिको लागि अस्तित्व उपस्थिति

 

यतिबेला इलाम २ मा हुन लागेको उपनिर्वाचनको चट्कारो सबैलाई लागेको छ्। ठुला पार्टिका प्रचारप्रशार अनि नयाँ पार्टिको सक्रियता बढिरहेको छ्। सामाजिक संजालमा चुनावको भिन्नै हल्ला छ्। आफ्नोको गुणगान गाउने बिपक्षको कम्जोरि औल्याउने कार्य तिब्र छ्। पार्टिहरुका टाउकाहरु पनि बिभिन्न कार्यक्रम लिएर इलाम तिर प्रवेश गरिरहेका छन । सायद यो यात्रा धेरै लामो अन्तराल पछिको हुनुपर्छ या निर्वाचको लागि हुनुपर्छ । अनि इलाम २ का जनता!! उनिहरुलाई कतिको निर्वाचनको लहरले छोएको छनि? यि माथि उल्लेखित सबै कुराको प्रश्न गर्ने अनि बुझ्ने , उचाल्ने र पछर्नेमा मिडिया छदै छ्।

तर यो चुनावमा सबैभन्दा बढि दवावमा एउटा स्वतन्त्र उम्मेद्वार परेका छन्। जस्ले पहिचानवादिको नेतृत्व गर्दै आफ्नो उम्मेद्वारि दर्ता गरेको छ्। आफ्नो इतिहास बोकेको माटो , आफ्नो सभ्यता , भाषा , संस्कृति , संस्कार जस्ता बिभिन्न कुराको राज्यले संरक्षण गरिदिन भन्दै प्रदेशको नाम कोशि खारेज गर्न अन्दोलनरत पहिचावादिहरु माथि चुनाव जित्नै पर्ने नैतिक दवाव परेको देखिन्छ्। पुर्बमा जनजातिहरु ( किराति ) हरुको अधिक संख्या भएको ठाउँ , त्यसमा पनि त्यहिँ समुदायको पहिचान संरक्षण निम्ति संघर्षमा हिडेको बेला त्यहिँ ठाउँमा पहिचान पक्षधरको पराजय भएको खण्डमा यसले नराम्रो सन्देश प्रवाह हुने प्रष्ट देखिन्छ्।

राज्यले पहिचानवादिको आवाज दबाउन प्रयोग गरेको बल बाट मृत्यु भएको लाजेहाङ्ग लिम्बुको बलिदान साथै लाठि बर्साएर घाइते भएका पहिचानवादि योद्धाहरुको साख जोगाउन भए पनि यो चुनाव पहिचानवादिहरुको निम्ति अत्तिनै ठुलो चुनौति बन्न पुगेको देखिन्छ्।

नेपालको राज्य गणतान्त्रीक प्रणालि अनुशार मत गणितिय संख्याको आधार पार्टिले मात्र टुङ्गो लाउन सक्ने व्यवस्था भएपनि पहिचानवादि नेतृत्व सम्हालेका स्वतन्त्र उम्मेद्वार डकेन्द्र सिंह थेगिमले चुनाव जित्नु नै पहिचान पक्षधरको यो देशमा आफ्नो उपस्थिति रहेको देशलाई देखाउनु हो। यहाँ राज्यको प्रणालिमा रहेको व्यवस्था भन्दा माथि उठेर आफ्नो अस्तित्व देखाउनु ठुलो कुरा देखिन्छ्। स्वतन्त्र उम्मेद्वारले प्रतिनिधि सभामा के गर्ला भन्ने गढन्ते कुरा धेरै सुन्न पाइन्छ्। तर एक स्वतन्त्र उम्मेद्धार निर्णायक भुमिकामा सबैभन्दा बलवान हुन सक्ने यहि प्रणालिमा हो । यता अन्य ठुला दल केवल आफ्नो पाटि लाई चौडा गर्न तत्पर छन्। अनेक राजनैतिक खेल प्रयोग गरिरहेका छ्न तर स्वतन्त्र उम्मेद्वार डकेन्द्र सिंह थेगिम आफ्नो अस्तित्वको लागि लडिरहेका छन्।

✍️ बिचार – दृष्टिकोण

SURYA BANGSI

  • Related Posts

    भरोसाको स्तम्भ: नेपालको न्यायपालिका किन अझै जनआस्थाको केन्द्र हो?

    नेपालको न्यायपालिका देशको लोकतन्त्रको एक महत्वपूर्ण स्तम्भ हो, जसले न्यायको वितरण र मानव अधिकारहरूको सुरक्षा गर्नमा प्रमुख भूमिका खेल्छ। यसको इतिहासदेखि आजसम्मको यात्रा, जनताको विश्वास र न्यायप्रति गहिरो आस्था रहेको…

    समालिङ्गी बिबाह अभिसाप हो-दल मर्दन कामी

    नेपालको संविधान २०७२ ले सबै नागरिकलाई समानता, स्वतन्त्रता र गैर–भेदभावको अधिकार दिएको छ। संविधानको धारा १८ मा स्पष्ट रूपमा भनिएको छ-“राज्यले कुनै पनि व्यक्तिको जात, धर्म, लिङ्ग, यौन झुकाव आदिका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो