राज याक्खा,
इलाम — आत्मीयता, समन्वय, सहकार्य र मित्रवत् सम्बन्ध सुदृढ गर्ने उद्देश्यले स्थानीय तहका शिक्षकबीच हुने अन्तर–स्थानीय तह शिक्षक मैत्रीपूर्ण फुटबल प्रतियोगिता आगामी २०७९ कात्तिक १३ गते, शनिबार बिहान ८ बजे माङ्सेबुङ–५ स्थित आत्मानन्द रंगशालामा आयोजना हुने भएको छ।
आत्मानन्द पवित्र खेलकुद समितिद्वारा आत्मानन्द गोल्डकप २०८२ को उपलक्ष्यमा आयोजना गरिँदै गरेको यस प्रतियोगितामा छिमेकी चार वटा स्थानीय तहका शिक्षक टोलीहरूको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी हुने स्थानीय तहहरू
माङ्सेबुङ गाउँपालिका, इलाम
चुलाचुली गाउँपालिका, इलाम
मिक्लाजुङ गाउँपालिका, पाँचथर
मिक्लाजुङ गाउँपालिका, मोरङ
कार्यक्रमले शिक्षकहरूबीच खेलकुदमार्फत सहकार्य र आत्मीयता थप मजबुत बनाउने विश्वास आयोजक समितिले व्यक्त गरेको छ। प्रतियोगितालाई सभ्य, भव्य र अनुकरणीय रूपमा सम्पन्न गर्न सम्पूर्ण सम्माननीय खेलप्रेमी, आदरणीय गुरुजन तथा क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूलाई आयोजकले हार्दिक निमन्त्रणा जनाएको छ। स्थान: आत्मानन्द रंगशाला, माङ्सेबुङ–५, इलाम मिति/समय: २०८२ कात्तिक १३ गते, शनिबार — बिहान ८ बजे हुने भएको छ।
आयोजक समितिले सम्पूर्ण अतिथिहरूको उपस्थितिका लागि न्यानो स्वागत गर्दै सफल आयोजनाको अपेक्षा गरेको छ।



