१८औँ अन्तर्राष्ट्रिय आमन्त्रित आत्मानन्द गोल्डकप २०८२ को क्वाटर फाइनलको अन्तिम खेलमा दमक भाङबारी स्पोर्टिङ क्लबले प्रभावशाली खेल प्रदर्शन गर्दै युथ अफ माङ्सेबुङलाई ४–३ को रोमाञ्चक अन्तरले पराजित गरेको छ।

 राज याक्खा,

१८ अन्तर्राष्ट्रिय आमन्त्रित आत्मानन्द गोल्डकप २०८२ को चौथो दिन क्वाटर फाइनलको अन्तिम खेलमा दुई राष्ट्रिय खेलाडी—नवयुग श्रेष्ठ र देबेन्द्र तामाङ—को उपस्थिति खेलको मुख्य आकर्षण बनेको थियो। खेलको ४औं मिनटमै आशिष लावतीले गोल गर्दै भाङबारीलाई अग्रता दिलाए भने १०औँ मिनेटमा निश्चल बस्नेतले दोस्रो गोल थपे। त्यसपछि ३०औँ मिनेटमा विवेक पौडेलको सशक्त प्रहारले टोलीलाई ३–० को मजबुत स्थितिमा पुर्‍यायो।

यता, ३९औँ मिनेटमा नामसाङ लिम्बुले युथ अफ माङ्सेबुङका लागि खेलको पहिलो गोल गर्दै आशा जगाए। तर ४५औँ मिनेटमा नवयुग श्रेष्ठले भाङबारीका लागि चौथो गोल गर्दै खेललाई पुनः आफ्नो पक्षमा बलियो बनाए।

दोस्रो हाफमा माङ्सेबुङले उत्कृष्ट पुनरागमन प्रयास गर्‍यो। ७०औँ मिनेटमा गोली लिम्बुले र ७३औँ मिनेटमा विवेकहाङ लिम्बुले गोल गर्दै खेललाई रोमाञ्चक बनाए। तर समय अभावका कारण उनीहरू खेल बराबरीमा ल्याउन असफल भए।

आजको खेलमा दमक भाङबारीका विवेक पौडेल ‘म्यान अफ द म्याच’ घोषित भए। क्वाटर फाइनल चरणको समापनसँगै अब सेमिफाइनलको पहिलो भिडन्त यही मङ्सिर १३ गते दुधे स्पोर्टिङ क्लब र सिरीजङ्गा स्पोर्टिङ क्लबबीच हुनेछ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण एमएमसी क्लब ताप्लेजुङ, कोशी स्पोर्ट्स टिभी तथा विभिन्न किरात मिडिया मार्फत निरन्तर हुँदै आएको छ।

  • Related Posts

    १६ औँ राष्ट्रपति रनिङ शिल्डमा मैवाखोला प्रथम, फक्ताङलुङ पदक विहीन १६ औँ अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको संयोजन जिम्मा लिएका सिदिङ्वा चौथो स्थान मा

    राज याक्खा, ताप्लेजुङ, माघ २७ गते । १६ औँ राष्ट्रपति रनिङ शिल्ड अन्तरपालिका स्तरीय प्रतियोगितामा मैवाखोला गाउँपालिका प्रथम भएको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखुमा सम्पन्न १६ औँ राष्ट्रपति…

    माघ २५ देखि माङसेबुङमा १६औं पवित्रहाङमा गोल्ड कप सञ्चालन हुने

    राज याक्खा, किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजना गरिने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ माघ २५ गतेदेखि फागुन ३ गतेसम्म…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    भरोसाको स्तम्भ: नेपालको न्यायपालिका किन अझै जनआस्थाको केन्द्र हो?

    भरोसाको स्तम्भ: नेपालको न्यायपालिका किन अझै जनआस्थाको केन्द्र हो?