ब्रदरवुडले पोल्यान्डमा वीरेन्द्र स्मृति फुटबल प्रतियोगिताको सातौँ संस्करण गर्ने

डिसेम्बर २५ मा पोल्यान्डको राजधानी वारसास्थित डोमिनिका मेरिलिनेगोमा रहेको वारसा फुटबल सेन्टरको मैदानमा खेल हुनेछ।
पोल्यान्ड र अन्य युरोपियन मुलुकमा बस्ने नेपालीहरूबीच खेलकुदको माध्यमबाट एकता, सहकार्य र भाइचारा अभिवृद्धिमा मद्दत गर्नु नै प्रतियोगिताको उद्देश्य राखेर खेल्कुद आयोजना गरिएको बोहोराले बताए।

आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न विभिन्न समिति तथा उपसमिति गठन गरिएको छ।
प्रतियोगितामा फिनल्यान्ड लगायतका अन्य युरोपियन मुलुकका नेपाली फुटबल टिमको सहभागिता रहने आयोजक क्लब द ब्रदरहुडका संयोजक मुकुल बोहोराले जानकारी दिए।
गत वर्षको छैटौँ संस्करणमा पोल्यान्डबाट १६ भन्दा बढी नेपाली फुटबल टिमको सहभागिताले क्लबलाई थप हौसला बढाएको छ।

प्रतियोगितामा प्रथम हुने टिमले ७ हजार ज्लौटी (२ लाख ७० हजार रुपैयाँ) सँगै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। द्वितीय हुने समूहले ३७ सय ७७ ज्लौटी (रु १ लाख ५० हजार) तथा तृतीय हुनेले २७ सय ७७ ज्लौटी (१ लाख १० हजार रुपैयाँ) तथा मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ। प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिनेछ।

सन् २०१८ देखि हरेक वर्ष द ब्रदरहुड फुटबल क्लबले पोल्यान्डमा राजा वीरेन्द्र स्मृति फुटबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु