ब्रदरवुडले पोल्यान्डमा वीरेन्द्र स्मृति फुटबल प्रतियोगिताको सातौँ संस्करण गर्ने

डिसेम्बर २५ मा पोल्यान्डको राजधानी वारसास्थित डोमिनिका मेरिलिनेगोमा रहेको वारसा फुटबल सेन्टरको मैदानमा खेल हुनेछ।
पोल्यान्ड र अन्य युरोपियन मुलुकमा बस्ने नेपालीहरूबीच खेलकुदको माध्यमबाट एकता, सहकार्य र भाइचारा अभिवृद्धिमा मद्दत गर्नु नै प्रतियोगिताको उद्देश्य राखेर खेल्कुद आयोजना गरिएको बोहोराले बताए।

आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न विभिन्न समिति तथा उपसमिति गठन गरिएको छ।
प्रतियोगितामा फिनल्यान्ड लगायतका अन्य युरोपियन मुलुकका नेपाली फुटबल टिमको सहभागिता रहने आयोजक क्लब द ब्रदरहुडका संयोजक मुकुल बोहोराले जानकारी दिए।
गत वर्षको छैटौँ संस्करणमा पोल्यान्डबाट १६ भन्दा बढी नेपाली फुटबल टिमको सहभागिताले क्लबलाई थप हौसला बढाएको छ।

प्रतियोगितामा प्रथम हुने टिमले ७ हजार ज्लौटी (२ लाख ७० हजार रुपैयाँ) सँगै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। द्वितीय हुने समूहले ३७ सय ७७ ज्लौटी (रु १ लाख ५० हजार) तथा तृतीय हुनेले २७ सय ७७ ज्लौटी (१ लाख १० हजार रुपैयाँ) तथा मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ। प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिनेछ।

सन् २०१८ देखि हरेक वर्ष द ब्रदरहुड फुटबल क्लबले पोल्यान्डमा राजा वीरेन्द्र स्मृति फुटबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट