व्यवसायी प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश

झापा, ५ मंसीर । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईँलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश गरेको छ ।

न्यायाधीश मेघराज पोखरेलको इजलासले बिहीबार मेडिकल व्यवसायी प्रसाईँलाई थुन्नुको आधार र कारणसहित अदालतमा उपस्थित गराउन भनेको छ ।

“आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउनु”, आदेशमा भनिएको छ, “महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी प्रस्तुत आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी प्रत्यर्थीहरुको नाममा सूचना म्याद जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नु ।”

बुबालाई गैर कानुनी थुनामा राखिएको उल्लेख गर्दै प्रसाईँका छोरा निराजन प्रसाईँले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गर्नुभएको थियो । प्रसाईँलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याउने गरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेको छ ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट