‘ईस्ट सुपर स्टार’को चौथो राउण्ड सम्पन्न, अब १६ उत्कृष्ट प्रतिभाको खोजी पाँचौं चरणमा

सारेगम कला केन्द्र, अर्जुनधाराको आयोजनामा पूर्वी नेपालमा जारी रियालिटी शो ‘सिङ्गिङ एण्ड डान्सिङ–ईस्ट सुपर स्टार’को चौथो राउण्ड सम्पन्न भई अब प्रतियोगिता पाँचौं चरणतर्फ अघि बढ्दैछ।

संयोजक सन्तोष आले मगरका अनुसार आगामी मंसिर ६ गते बिर्तामोडमा पाँचौं राउण्ड आयोजना गरिनेछ। सो राउण्डमा गायनतर्फ ८ जना र नृत्यतर्फ ८ जना गरी १६ जना उत्कृष्ट प्रतिभा छनोट गरिनेछन्।

पाँचौं राउण्डअघि शोका सहभागी र अभिभावकसँग आयोजकले छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

मंगलबार (कात्तिक २५ गते) बिर्तामोडमा सम्पन्न उक्त कार्यक्रममा प्रतियोगिताको आगामी चरण, मूल्याङ्कन विधि र प्रस्तुतिका मापदण्डबारे विस्तृत जानकारी गराइएको संयोजक आले मगरले बताए।

आयोजकका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रतिभा चयनका लागि भोटिङ राउण्डको थालनी भइसकेको छ।

प्रतिभाको मूल्याङ्कनमा ३० प्रतिशत दर्शक मत र ७० प्रतिशत निर्णायकको निर्णयलाई आधार बनाइनेछ।

यसअघि कात्तिक १९ गते अर्जुनधारा नगरपालिका–३, कैदले पर्यटनस्थलस्थित ग्रीनेरी हलमा सम्पन्न चौथो राउण्डमा गायनतर्फ स्वीकृति राजबंशी (घैलाडुब्बा, झापा) र नृत्यतर्फ मनिषा लामा (बिर्तामोड, झापा) ‘Performance of the Round’ घोषित भएका थिए।

‘ईस्ट सुपर स्टार’ साउन ३ गतेदेखि सुरु भएको हो। “जहाँ छ कला र संगीत, त्यहाँ छ सभ्यता र चेतना” भन्ने नारासहित सुरु गरिएको प्रतियोगितामा कोशी प्रदेशका इलाम, झापा, मोरङ, पाँचथर, धनकुटा, संखुवासभा लगायत जिल्लाका साथै भारतका दार्जिलिङ र कालेङपुङ क्षेत्रका प्रतिभाहरू सहभागी छन्।

गायनतर्फ गायक उत्तमजंग लिम्बू र संगीतकार हस्त परियार, नृत्यतर्फ निर्देशक राज सुब्बा लावती र ज्ञानु सुब्बा निर्णायकका रूपमा कार्यरत छन्।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट