अलैँची व्यवसायी महासंघको अध्यक्षमा तीन आकांक्षी, अधिवेशन भाद्र १४–१५

सुरेन्द्र खरेल, पाँचथर
अलैँची व्यवसायी महासंघको पाँचौं अधिवेशन र नवौं साधारण सभा भाद्र १४–१५ गते झापाको बिर्तामोडमा हुने भएको छ। महासंघको अध्यक्ष पदका लागि नारायण चिमरिया, दीपक नेपाल र ओमकृष्ण विमली आकांक्षी भएका छन्।

झापाका व्यवसायी चिमरिया हाल महासंघका महासचिव हुन् भने पाँचथरका व्यवसायी नेपाल संस्थापक उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष भइसकेका छन्। विमली अघिल्लो महाधिवेशनमा अध्यक्षका प्रत्यासी थिए र गत आर्थिक वर्ष सबैभन्दा बढी अलैँची निर्यात गर्ने व्यवसायी हुन्।

नेपालबाट वार्षिक करिब आठ अर्ब रुपैयाँ बराबरको अलैँची भारतमा निर्यात हुने गरेको छ। महासंघका अधिकृत अनिल ढुङ्गानाका अनुसार, अधिवेशनमा ४३ जिल्लाबाट प्रतिनिधि सहभागी हुने छन् र मुख्य कार्यालय झापाको बिर्तामोडमा, शाखा १६ जिल्लामा रहेको छ।

निर्वाचन १५ गते हुने कार्यक्रम तय भएको छ। महासंघको २१ सदस्यीय समितिमा वरिष्ठ उपाध्यक्ष, कृषि तथा वाणिज्य उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव र सचिव रहने प्रावधान छ।

विमलीले आफू सबैभन्दा बढी अलैँची निर्यात गर्ने भएकाले अध्यक्ष पदका लागि आफ्नो दाबी ठिक हुने बताएका छन्। चिमरियाले भने, “उहाँहरू वाणिज्य संघ र चेम्बर अफ कमर्समा गएर नेतृत्व गर्नुभयो, यो महासंघ केवल वस्तुगत संघ हो, त्यसैले मेरो नेतृत्वमा सहमति हुन्छ भन्ने लागेको छ।”

  • Related Posts

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    अजेन्द्र वाईबा तामाङ साउन ११ ,फिदिम पाँचथरको फिदिममा नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी आज देखि सुरु भएको छ। किरात राई यायोक्खाको आयोजनामा तथा नेपाल आदिवासी…

    पाँचथरमा नौमती बाजा सहित बेठि उत्सब मनाए

    अजेन्द्र वाईबा तामाङ साउन ९ ,पाँचथर पाँचथरको फिदिम नगरपालिका–५ मा शनिबार परम्परागत बेठी उत्साहपूर्वक मनाइएको छ। स्थानीय लक्ष्मीप्रसाद चापागाईँको धान रोपाइँलाई सामूहिक श्रम र सांस्कृतिक उत्सवका रूपमा रूपान्तरण गर्दै परिवार,…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु