कोशी प्रदेशमा सञ्चार विधेयक : पत्रकारलाई डेढ लाखसम्म जरिवाना गर्ने प्रावधान

सुरेन्द्र खरेल, भदौ ४ ।
पत्रकार र नागरिक समाजको सुझावलाई बेवास्ता गर्दै कोशी प्रदेश सभाको न्याय प्रशासन तथा विधायन समितिले ‘प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ पारित गरेको छ।

समितिले बुधबार पारित गरेको विधेयकमा आचारसंहिता उल्लंघन गर्ने गरी समाचार लेखे पत्रकारलाई प्रेस रजिस्ट्रारमार्फत डेढ लाख रुपैयाँसम्म दण्डित गर्न सक्ने प्रावधान राखिएको छ। साथै, प्रसारण संस्थाले निर्देशन नमान्दा प्रसारण बन्द वा इजाजत खारेज गर्ने व्यवस्था पनि समावेश गरिएको छ।

विपक्षी दल माओवादी, समाजवादी र कांग्रेसका केही सांसदहरूको आपत्ति बेवास्ता गर्दै एमाले बहुमतले विधेयक पारित गरेको हो। समितिमा एमालेका ६, कांग्रेसका ३ र माओवादीका २ सांसद छन्।

विधेयकले प्रेस रजिस्ट्रारलाई अध्यक्षभन्दा बढी कार्यकारी अधिकार दिने व्यवस्था गरेको छ। अध्यक्ष र रजिस्ट्रार दुवैलाई सरकारले नियुक्त गर्ने प्रावधान राखिएको छ।

नेपाल पत्रकार महासंघ, संसदीय पत्रकार मञ्च कोशी र नागरिक समाजले पत्रकारलाई ठाडो जरिवाना नगर्ने, रजिस्ट्रारलाई कर्मचारीवृत्तबाट नियुक्त गर्ने, दर्ता/नवीकरण शुल्क न्यून राख्ने जस्ता सुझाव दिएका थिए। तर, समितिले ती सुझाव अस्वीकार गरेको हो।

समितिबाट पारित भएको प्रतिवेदन भदौ ६ गते प्रदेश सभा बैठकमा पेश गरिनेछ। प्रदेश सभाले पारित गरी प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि यो विधेयक कानुनको रूपमा लागू हुनेछ।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली