अलैँची व्यवसायी महासंघको अध्यक्षमा तीन आकांक्षी, अधिवेशन भाद्र १४–१५

सुरेन्द्र खरेल, पाँचथर
अलैँची व्यवसायी महासंघको पाँचौं अधिवेशन र नवौं साधारण सभा भाद्र १४–१५ गते झापाको बिर्तामोडमा हुने भएको छ। महासंघको अध्यक्ष पदका लागि नारायण चिमरिया, दीपक नेपाल र ओमकृष्ण विमली आकांक्षी भएका छन्।

झापाका व्यवसायी चिमरिया हाल महासंघका महासचिव हुन् भने पाँचथरका व्यवसायी नेपाल संस्थापक उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष भइसकेका छन्। विमली अघिल्लो महाधिवेशनमा अध्यक्षका प्रत्यासी थिए र गत आर्थिक वर्ष सबैभन्दा बढी अलैँची निर्यात गर्ने व्यवसायी हुन्।

नेपालबाट वार्षिक करिब आठ अर्ब रुपैयाँ बराबरको अलैँची भारतमा निर्यात हुने गरेको छ। महासंघका अधिकृत अनिल ढुङ्गानाका अनुसार, अधिवेशनमा ४३ जिल्लाबाट प्रतिनिधि सहभागी हुने छन् र मुख्य कार्यालय झापाको बिर्तामोडमा, शाखा १६ जिल्लामा रहेको छ।

निर्वाचन १५ गते हुने कार्यक्रम तय भएको छ। महासंघको २१ सदस्यीय समितिमा वरिष्ठ उपाध्यक्ष, कृषि तथा वाणिज्य उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव र सचिव रहने प्रावधान छ।

विमलीले आफू सबैभन्दा बढी अलैँची निर्यात गर्ने भएकाले अध्यक्ष पदका लागि आफ्नो दाबी ठिक हुने बताएका छन्। चिमरियाले भने, “उहाँहरू वाणिज्य संघ र चेम्बर अफ कमर्समा गएर नेतृत्व गर्नुभयो, यो महासंघ केवल वस्तुगत संघ हो, त्यसैले मेरो नेतृत्वमा सहमति हुन्छ भन्ने लागेको छ।”

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु