ने.स.स पाका केन्द्रीय अध्यक्ष मोहम्मद रिजवान अन्सारीद्वारा बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त

नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले २५६९औं बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपाली जनसमुदाय तथा विश्वभर रहेका बुद्ध अनुयायीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।

अध्यक्ष अन्सारीले शुभकामना सन्देशमार्फत भगवान गौतम बुद्धले दिनुभएको शान्ति, करुणा, अहिंसा र समभावको शिक्षालाई आजको सन्दर्भमा अझ सान्दर्भिक र आवश्यक भएको उल्लेख गरे। उनले भने, “बुद्धको दर्शनले हामीलाई सहिष्णुता, समानता र मानवताको मार्गमा अघि बढ्न प्रेरणा दिन्छ।”

उनले वर्तमान राजनीतिक परिवेशमा प्रतिगमन तथा धार्मिक अतिवाद को विरुद्ध डटेर उभिनु आवश्यक रहेको उल्लेख गर्दै, अग्रगमनको पक्षमा सशक्त रूपमा अघि बढ्न सबैलाई आह्वान गरे। “बुद्धको शिक्षाबाट प्रेरणा लिएर हामीले सामाजिक न्याय, समावेशिता र संघीयताको मूल मर्म अनुसार थप अधिकार प्राप्तिका लागि संघर्ष जारी राख्नुपर्छ,” अन्सारीले भने।

अध्यक्ष अन्सारीले यस अवसरमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र समुन्नत समाज निर्माणका लागि सबै नेपालीहरूलाई एकजुट भएर अघि बढ्न आग्रह समेत गरे।

  • Related Posts

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    ‘बैशाख एक झापा नाटक घरमा भेट’ भन्ने स्लोगन का साथ नव वर्ष २०८३ को पहिलो दिन क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा झापा नाटक घर बिर्तामोड झापामा एउटा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न…

    निशुल्क एक दिने शिविर संम्पन्न

    अजेन्द्र वाइबा तामाङ चैत २८ पाँचथर फिदिम नगरपालिकाको आयोजनामा तथा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रा.लि., विराटनगरको प्राविधिक सहयोगमा टाउको, नसा तथा मुटुरोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न