ने.स.स पाका केन्द्रीय अध्यक्ष मोहम्मद रिजवान अन्सारीद्वारा बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त

नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले २५६९औं बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपाली जनसमुदाय तथा विश्वभर रहेका बुद्ध अनुयायीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।

अध्यक्ष अन्सारीले शुभकामना सन्देशमार्फत भगवान गौतम बुद्धले दिनुभएको शान्ति, करुणा, अहिंसा र समभावको शिक्षालाई आजको सन्दर्भमा अझ सान्दर्भिक र आवश्यक भएको उल्लेख गरे। उनले भने, “बुद्धको दर्शनले हामीलाई सहिष्णुता, समानता र मानवताको मार्गमा अघि बढ्न प्रेरणा दिन्छ।”

उनले वर्तमान राजनीतिक परिवेशमा प्रतिगमन तथा धार्मिक अतिवाद को विरुद्ध डटेर उभिनु आवश्यक रहेको उल्लेख गर्दै, अग्रगमनको पक्षमा सशक्त रूपमा अघि बढ्न सबैलाई आह्वान गरे। “बुद्धको शिक्षाबाट प्रेरणा लिएर हामीले सामाजिक न्याय, समावेशिता र संघीयताको मूल मर्म अनुसार थप अधिकार प्राप्तिका लागि संघर्ष जारी राख्नुपर्छ,” अन्सारीले भने।

अध्यक्ष अन्सारीले यस अवसरमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र समुन्नत समाज निर्माणका लागि सबै नेपालीहरूलाई एकजुट भएर अघि बढ्न आग्रह समेत गरे।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु