“उभौली तथा २५६९ औं बुद्ध जयन्तीको शुभकामना”

नेपाल सरकारले सूचीकृत गरेको विभिन्न आदिवासी जनजाति मध्ये किराँती समुदायको एक महत्वपूर्ण पर्व उभौली हो । यस उभौली चाड प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन किराँतीहरुले चण्डी तथा भूमेस्थानमा पूजा आराधना गरी मनाउँदैछन् । यस समयबाट गर्मी मौसम सुरु हुने भएकाले मानिसहरु बेंसीबाट लेकतिर उँभो लाग्ने भएकाले यसलाई उभौली भन्ने गरिन्छ । बैशाख लागेपछि चराचुरुड्डी लगायत जडली जनावरहरु उँभो लाग्ने किराँती समुदायमा विश्वास छ ।

मंसिर शुक्ल पूर्णिमा अर्थात् उधौलीमा जाडो छल्न बेंसी झरेकाहरु अहिले उँभो लाग्ने गर्दछन् । बर्खायाममा बाढी पहिरो नआओस्, भू-क्षय नहोस् भनेर भूमे पूजा गर्ने, हावाहुरीले नास नगरोस्, विपत्ति नआओस् भनेर पितापुर्खालाई सम्झदै वायु पूजा गर्ने, खेतीबाली राम्रो होस् उन्नति होस् भनेर चण्डी पूजा गर्ने परम्परा यस किराँत समुदायमा छ । यस उभौली पर्वलाई किराँतीहरुले भूम्या / चण्डीपूर्णिमा / श्याँदर पिदर / साकेला / यक्वा तङ्नाम / चासुवा पनि भन्ने गर्दछन् । त्यसैगरी विश्वशान्तिका प्रतिक शान्तिका अग्रदुत भगवान् बुद्धको २५६९ औं जन्म जयन्ती आजैका दिन भएकाले यी दुवै महान पर्वलाई नेपालीहरुले भव्यताका साथ मनाइरहेका छन् ।

विविधतायुक्त रंगिन समुदायले सजिएको मुलुकभित्र रहेका सबै जाति भाषा, धर्म, संस्कृति, रीतिरिवाज, चाडपर्व, भेषभूषाले राष्ट्रलाई भरिपूर्ण बनाएको छ । यस्तै विविधतापूर्ण समाज नै नेपालको अमूल्य सम्पत्ति हो । यस सम्पदालाई संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गरी प्रचार गरेमा नेपालको भविष्य उज्ज्वल हुन्छ । यसर्थ यस महत्वपूर्ण पर्वले नेपालको विविधतायुक्त समाजलाई सम्मान गर्दै राजनैतिक स्थायित्व रही नेपाल र नेपाली जनताको हितमा कार्य गर्न सबैलाई हौसला मिलोस् भन्दै शुभकामना व्यक्त गर्दछौं ।

नेपालका आदिवासी जनजातिहरुको विविधतायुक्त संस्कृती नै नेपालको विशिष्ट मौलिक पहिचान हो । हाम्रो भाषा, धर्म, संस्कृती, परम्परागत ज्ञान सिप र जीवनप्रणाली नै आदिवासी जनजातिको जीवन्त पहिचान हो । प्रत्येक वर्ष मनाइने यस प्रकारका चाडपर्वहरुले हाम्रो संस्कृतिको निरन्तरता त दिन्छ नै साथै हामी आदिवासी जनजाति समुदायहरु बिच हार्दिकता, भावनात्मक एकता र आत्मियता पनि सुदृढ गर्दछ भन्ने विश्वास व्यक्त गर्दै पुनः उभौली तथा २५६९ औं बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली