रौतहट नेपाल–भारत सिमानामा तस्करीको बढ्दो गतिविधि

मेवालाल यादव, रौतहट। नेपाल–भारत सिमानामा पर्ने एक संवेदनशील जिल्ला, तस्करीको बढ्दो गतिविधिबाट अहिले पुनः चर्चामा आएको छ।

रौतहट ईशनाथ को बन्जरहा, औरैया, मठिया,भारतीय तस्करहरूको लाल किला बनेको छ। ईशनाथ को औरैया वाट दिनहू पाँच वटा नाईट बस काठमाडौं सम्म जाने गर्छ सो बसमा भारतीय कपडा,सूर्ती र चोरीको मोबाइल, लैपटप जस्ता सवेदन शिल बस्तूहरूको तसकरी मौलयायको स्थानीय हरूको भनाई रहेको छ।रामपुरखापजस्ता प्रमुख सिमानाका नाकाहरू हुँदै मदिरा, इन्धन, किराना, माछा, कपडा, जुत्ता, तयारी पोशाक, गिट्टी–बालुवा, कुखुरा, सुर्तीजन्य वस्तुजस्ता उपभोग्य सामानहरू दैनिक रूपमा तस्करी भित्र्याइने कार्य तीव्र भएको छ।

स्थानीय स्रोतका अनुसार, रौतहटका प्रहरी ऊपरिक्षकको हालसालैको सरुवा पश्चात तस्करीको गतिविधिमा एक्कासी तीव्रता आएको हो। नयाँ प्रहरी ऊपरीक्षक तस्करी रोक्न सक्लान् कि फेरि यथास्थितिलाई मौन समर्थन दिनेछन् भन्ने प्रश्न स्थानीय बासिन्दाबीच उब्जिएको छ।

खासगरी औरैया, बन्जरहा, र मठिया नाकाबाट नाइट बस प्रयोग गरी रातको समयमा ठूला परिमाणमा सामान नेपाल भित्र्याउने गरिएको छ। यस प्रक्रियामा स्थानीय चौकी इन्चार्जहरूको भूमिका पनि प्रश्नवाचक बन्न थालेको छ। जनगुनासोअनुसार, प्रहरीकै मिलेमतोमा तस्करी खुलेआम भइरहेको छ। औरैया, मठिया र बन्जरहा चौकीका सुरक्षाकर्मीहरू नै निगरानीको नाममा तस्करीलाई संरक्षण गरिरहेको आरोप लागिरहेको छ।

भारततर्फका बजारबाट सस्तो मूल्यमा ल्याइएका लाखौँ रुपैयाँ बराबरका तयारी कपडा, जुत्ता, सुर्ती, र अन्य सामग्रीहरू नेपालतर्फ भित्र्याइने गरेको छ। स्रोतहरूका अनुसार, केही तस्करहरूलाई स्थानीय राजनीतिक नेतृत्वले संरक्षण दिँदै आएको छ, जसले गर्दा सुरक्षाकर्मीहरू पनि दबाबमा रहने गरेका छन्।

सुरक्षाकर्मी र राजनीतिक संरक्षणमा तस्करी खुलेर भइरहेपछि राज्यप्रतिको जनताको विश्वासमा गम्भीर क्षति पुगेको स्थानीयले बताएका छन्। “जनताको सुरक्षा गर्ने जिम्मेवारी लिएका प्रहरी नै अवैध कारोबारमा संलग्न छन् भने आम सर्वसाधारण कसरी सुरक्षित हुने?” भन्ने चिन्ता गहिरिँदै गएको छ।

यसरी बढ्दो तस्करीले सीमा क्षेत्रमा राज्यको नियन्त्रण कमजोर भएको सन्देश दिएको छ। अबको चुनौती भनेकै हाल नियुक्त प्रहरी उपनिरीक्षकले तस्करी नियन्त्रण गर्न सक्छन् कि सक्दैनन् भन्ने हो।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु