आमूल परिवर्तन नागरिक पार्टी” पुनर्गठन, समावेशी लोकतन्त्र र नयाँ नेपाल निर्माणको संकल्प

समता, न्याय र समावेशी लोकतन्त्रको आधारमा स्थापित आमूल परिवर्तन नागरिक पार्टीले आज एक ऐतिहासिक विस्तारित बैठकमार्फत संगठन पुनर्गठन गर्दै आगामी निर्वाचन तथा दीर्घकालीन राजनीतिक कार्यदिशा सार्वजनिक गरेको छ।

नेपालको सामाजिक न्याय, समानता र समावेशी नेतृत्वको स्पष्ट एजेन्डा बोकेको संयुक्त नागरिक पार्टी र आमूल परिवर्तन रिपब्लिकन पार्टीबीचको एकता पछि बनेको “आमूल परिवर्तन नागरिक पार्टी” भित्रको आन्तरिक विवाद, विभाजनकारी नियत तथा असहयोगी व्यवहारका कारण पार्टीका दोस्रो अध्यक्ष भरत गिरि र उपाध्यक्ष विष्णुरत्न लामालाई पार्टी नेतृत्वलाई अलग राखी आमूल परिवर्तन नागरिक पार्टी”मा जोडिएको सबै नेताकार्यकर्तालाई साथमा लिएर अगाडि बढने निर्णय गरेको छ।

अध्यक्ष दल मर्दन कामीले बैठकमा पार्टीले सर्वजातीय समावेशी सामाजिक लोकतन्त्रलाई मार्गदर्शक सिद्धान्तको रूपमा अंगीकार गर्दै, जातीय ,धार्मिक अल्पसंख्यक उत्पीडित, सीमान्तकृत, दलित, आदिवासी जनजाति, मधेसी, थारू, महिला लगायत सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्दै संयुक्त नागरिक पार्टीलाई अगाडि बढाउने प्रतिबद्धता अध्यक्ष कामीले दोहोर्‍याएकाछ्न ।

अध्यक्ष कामिको प्रस्तुत राजनीति प्रतिवेदन द्वारा संविधान २०७२ लाई आलोचनात्मक समर्थन गर्दै पार्टीले जातीय जनसंख्याको आधारमा समानुपातिक संसद, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, र चक्रीय राष्ट्राध्यक्ष चयनजस्ता वैकल्पिक शासन प्रणालीको अवधारणा अघि सारेको छ।

पार्टीले आर्थिक पारदर्शिता र आत्मनिर्भरतालाई प्राथमिकता दिँदै सहयोगदाता उद्योगी–व्यवसायीका साथ उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्दै घोषणा आगामी निर्वाचनलाई लक्षित गर्दै जनजागरण अभियान र संगठन सुदृढीकरणको कार्ययोजना सार्वजनिक गरिएको छ।

बैठकमा पार्टी अध्यक्ष दल मर्दन कामीले “यो प्रतिवेदन केवल दस्तावेज होइन, समावेशी र समतामूलक नयाँ नेपाल निर्माणको रोडम्याप हो,” भन्दै देशभर पार्टी सञ्जाल विस्तार गरी २०८४ को निर्वाचनलाई “नयाँ युगको सुरुवात” बनाउने दृढता व्यक्त गरे।

पार्टीले गठबन्धन र सहकार्यका लागि साझा मूल्य मान्यता भएका पार्टी, समूह र अभियन्ताहरूसँग खुला संवादको प्रस्ताव समेत अघि सारेर समावेशिता, पारदर्शिता र राष्ट्रहितमा आधारित नयाँ युगको अभियानमा सबै नेपालीलाई सहभागी हुन अपील समेत गरेका छ्न ।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली