नेपाल मगर विद्यार्थी सङ्घको नयाँ नेतृत्व चयन

नेपाल मगर विद्यार्थी सङ्घको अध्यक्षमा राजु पुन मगर निर्विरोध निर्वाचित भएका छन् । १२ औँ राष्ट्रिय महाधिवेशनमा बुधबार नयाँ केन्द्रीय समिति चयन भएको हो ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्र राना मगर, खुला उपाध्यक्षमा विरेन्द्र अछामी मगर, महिला उपाध्यक्षमा रिया लुङ्गेली मगर, भाषिक उपाध्यक्षमा (बाह्र मगरात) प्रकाश ल्हायो मगर, भाषिक उपाध्यक्षमा (अठार मगरात) मा डिबी आले मगर, महासचिवमा याम बहादुर रोका मगर चयन भएका छन् ।

त्यस्तै सचिवहरूमा शिव पुलामी नगर, राजिव थापा मगर, छिनिङ लाल थापा मगर र कोषाध्यक्षमा कमल राना मगर चयन भएका छन् । सङ्घको १२ औँ महाधिवेशनको उद्घाटन यही वैशाख ५ र ६ गते सम्पन्न भएको थियो ।

त्यो बेला उद्घाटनपछि बन्द सत्र समेत भएको थियो । तर, आन्तरिक विवादका कारण सोही दिन नयाँ समिति चयन हुन सकेको थिएन । त्यसपछि वैशाख ३१ गते निर्वाचनका लागि मिति तय भएको थियो ।

निर्वाचन समितिले उम्मेदवारी दर्तादेखि मतदान सम्मको समय आजकै लागि तोकेको थियो । तर, मनोनयन दर्ताका लागि अध्यक्षसहित सबै पदमा १/१ जनाको उम्मेदवारी परेपछि निर्विरोध भएको प्रतिनिधि सुकमित राना मगरले जानकारी दिए ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट