नेपाल मगर विद्यार्थी सङ्घको नयाँ नेतृत्व चयन

नेपाल मगर विद्यार्थी सङ्घको अध्यक्षमा राजु पुन मगर निर्विरोध निर्वाचित भएका छन् । १२ औँ राष्ट्रिय महाधिवेशनमा बुधबार नयाँ केन्द्रीय समिति चयन भएको हो ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्र राना मगर, खुला उपाध्यक्षमा विरेन्द्र अछामी मगर, महिला उपाध्यक्षमा रिया लुङ्गेली मगर, भाषिक उपाध्यक्षमा (बाह्र मगरात) प्रकाश ल्हायो मगर, भाषिक उपाध्यक्षमा (अठार मगरात) मा डिबी आले मगर, महासचिवमा याम बहादुर रोका मगर चयन भएका छन् ।

त्यस्तै सचिवहरूमा शिव पुलामी नगर, राजिव थापा मगर, छिनिङ लाल थापा मगर र कोषाध्यक्षमा कमल राना मगर चयन भएका छन् । सङ्घको १२ औँ महाधिवेशनको उद्घाटन यही वैशाख ५ र ६ गते सम्पन्न भएको थियो ।

त्यो बेला उद्घाटनपछि बन्द सत्र समेत भएको थियो । तर, आन्तरिक विवादका कारण सोही दिन नयाँ समिति चयन हुन सकेको थिएन । त्यसपछि वैशाख ३१ गते निर्वाचनका लागि मिति तय भएको थियो ।

निर्वाचन समितिले उम्मेदवारी दर्तादेखि मतदान सम्मको समय आजकै लागि तोकेको थियो । तर, मनोनयन दर्ताका लागि अध्यक्षसहित सबै पदमा १/१ जनाको उम्मेदवारी परेपछि निर्विरोध भएको प्रतिनिधि सुकमित राना मगरले जानकारी दिए ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु