दमक बहुमुखी क्याम्पसमा नेबिसंघको तालाबन्दी

यहि चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर नेपाल विद्यार्थी संघले दमक बहुमुखी क्याम्पस स्ववियू निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको छ ।स्ववियू निर्वाचनमा प्रयोग गरिने मतपत्रमा उम्मेद्वारहरुको संगठनको नाम उल्लेख हुनु पर्ने भन्दै नेविसंघले तालावन्दी गरेको हो । तालावन्दीका कारण निर्वाचन कार्यक्रम प्रभावित हुन सक्ने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले प्रकाशित गर्ने मतपत्रमा उम्मेद्वरको नाममा मात्र हुने जनाएको छ । नेविसंघबाट विभिन्न तीन वटा समूहले आफू आधिकारिक उम्मेदवार भएको भन्दै दावी गरिआएका छन् ।यसैवीच, दमक बहुमुखी क्याम्पसमा देखिएको उम्मेदवारी आधिकारिकता विहिबार साँझसम्म प्रष्ट नहुदाँ समग्र संगठनमा अन्यौल छाएको छ ।नेविसंघ केन्द्रीय सभापति दुजाङ शेर्पाले २८ फागुनमा दुई वटा पत्र पठाएर दुवै उम्मेदवार आधिकारिक भएको उल्लेख गरेका छन् । क्याम्पसको निर्वाचन समितिलाई पत्र पठाउदै नेविसंघ केन्द्रीय समितिले स्ववियू सभापतिको उम्मेदवारमा सायन साम्पाङ र त्यही दिननै पुनः केन्द्रीय सभापति शेर्पाले भुपेन्द्र बस्नेत सभापतिका उम्मेदवार आधिकारिक भएको बताएका छन् ।दुवै उम्मेदवारसहित नेविसंघबाट निर्वाचित स्ववियू सचिव दिपक लिम्बूले पनि सभापतिमा उम्मेदवारी दिएका छन् । स्ववियू सभापतिको उम्मेदवार आधिकारिक कुन हुन भनेर स्पष्ट नहुदाँ नेविसंघलाई स्ववियूको बश्चर्वमा चुनौती खेप्नु पर्ने स्थानीयको भनाई छ ।नेविसंघ जिल्ला सचिव जितेन साम्पाङले नेविसंघ दमक बहुमुखी क्याम्पसको आधिकारिता विवाद टुंगिएको बताउँछन् । केन्द्रले सायन राईलाई स्ववियू सभापतिको उम्म्ेदवार बनाउने निर्णय गरेका र अव विवाद हटेको उनले जनाएको छ । राई र बस्नेत दुवै स्ववियू सदस्य हुन् ।

स्ववियू सभापतिका उम्मेदवार सायन राई नै आधिकारिक :नेविसंघ झापा

यसैगरि, आजनै नेविसंघ झापाले दमक बहुमुखी क्याम्पसमा स्ववियू सभापतिका उम्मेदवार सायन राई नै आधिकारिक भएको बताएको छ । संघका जिल्ला अध्यक्ष सञ्जय निरौलाले स्ववियू सभापतिमा राईनै आधिकारिक उम्मेदवार भएको र केन्द्रीय समितिको फर्जी पत्र सार्वजनिक गरेर संघलाई कमजोर बनाउने कार्य कदापि स्वीकार्य नहुने उल्लेख गरेका छन् ।

स्ववियू निर्वाचन शान्तिपूर्ण बनाउन जोड दमक बहुमुखी क्याम्पसमा हुन लागेको स्ववियू निर्वाचन सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । निर्वाचन समितिले आज क्याम्पसमा एक कार्यक्रम गरि निर्वाचन भयरहित बनाउन सवै विद्यार्थी संगठन तथा विद्यार्थीहरुले सहयोग पुरयाँउने प्रतिवद्धता जनाएका छन् ।छलफलमा नेपाल विद्यार्थी संघको क्याम्पस इकाई सभापति सुनिल हताछु राईले पनि निर्वाचन शान्ति रुपमा सम्पन्न गर्न आफनो संगठनले सहयोग पुरयाँउने सुनाए ।

छलफलमा दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले स्ववियू निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षले सहयोग पुरयाईदिन अनुरोध गरे ।झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले झापाकै धेरै मतदाता भएको र यहाँको स्ववियू निर्वाचन शान्तिपूर्ण र स्वच्छ बनाउन प्रशासन प्रतिवद्ध भएको जोड दिए ।छलफलमा दमक बहुमुखी क्याम्पस स्ववियू निर्वाचन समितिका संयोजक टंकप्रसाद भट्टराईले निर्वाचन कार्यक्रम अन्तर्गत हालसम्म भएका विविध विषयमा जानकारी गराएका थिए ।छलफलमा दमक बुहुमुखी क्याम्पसका प्रमुख यज्ञराज गिरी,क्याम्पसका अध्यापक,विद्यार्थी संघसंगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

  • Related Posts

    झापा ४ मा घण्टीको फराकिलो अग्रता

    झापा, २३ फागुन । झापा–४ मा हालसम्मको मतगणनाले निकै रोचक तस्वीर देखाएको छ । ४३ हजार ९११ मत गणना भइसकेको अवस्थामा स्वतन्त्र उम्मेदवार शम्भु ढकाल सुस्केरा घण्टी चिन्हबाट २२ हजार ६९…

    झापा ५ मा बालेनको जीत, औपचारिक घोषणा मात्र बाँकी, यस्तो छ हालसम्मको मतपरिणाम

    झापा, २३ फागुन । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले जितेका छन् । औपचारिक घोषणा मात्र बाँकी रहेको छ । निर्वाचन आयोगको वेभसाइटमा उल्लेख भए अनुसार…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    भरोसाको स्तम्भ: नेपालको न्यायपालिका किन अझै जनआस्थाको केन्द्र हो?

    भरोसाको स्तम्भ: नेपालको न्यायपालिका किन अझै जनआस्थाको केन्द्र हो?