मुक्कुम्लुङ आन्दोलन नरोकिने भोलि देखि थप आन्दोलन

सरकारी वार्ता टोलीको संयोजक गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई र मुक्कुमलुङ संरक्षण समितिका सहजीकरण समितिका संयोजक अमर तुम्याहाङको टोली सोमबार साँझ राजधानी काठमाडौंको होटल हिमालयनमा वार्ताको लागि पूर्ब सर्तहरु प्रस्तुत भएको थियो ।

सहजीकरण समितिले मुक्कुमलुङ÷पाथिभराबाट प्रहरी फिर्ता हुनुपर्ने, केवलकारको काम बन्द हुनुपर्ने, पक्राउ परेका सम्पूर्ण बन्दी रिहाइ हुनुपर्ने सर्त राखेका थिए ।

वार्तामा सरकारी टोलीले बन्दीहरु रिहाइ गर्ने भनेपनि प्रहरी फिर्ता र केवलकार निर्माण बन्द गर्ने कुरा नमिलेपछि भोली (माघ २२)मा फेरी बस्ने गरी छुटेको सहजीकरण समितिको संयोजक अमर तुम्याहाङले बताए । आज कुरा नमिलेपछि यातायात बन्द निरन्तर हुने निर्णय भएको किरात याक्थुङ चुम्लुङका संघयि अध्यक्ष प्रेम एक्तेनले बताए ।

केवलकार खारेजी नभएसम्म बन्दलाई थप शसक्त बनाउने, चन्द्र ढकाल नेतृत्वको जीबीआईएमई बैंकको कार्यालय केन्द्रित कार्यक्रम गर्ने, केही दिनपछि विद्यालय र आमहड्तालसम्म पुग्ने छलफल भएको बैठकमा सहभागी जसपाका केन्द्रीय नेता रमेश राईले बताए ।

माग पुरा नभए माघ २२ गतेदेखि आम हड्तालको घोषणा भएपनि तात्काल यातायात बन्दलाई निरन्तर दिने बताइएको छ । आन्दोलनमा ११ वटा सामाजिक र ९ वटा राजनीतिक संगठनहरु सहभागी रहेका छन् ।

संघर्ष समितिको तर्फबाट संयोजक अमर तुम्याहाङ सदस्यमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सरु) वार्तामा बसेका थिए ।

  • Related Posts

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    अजेन्द्र वाईबा तामाङ साउन ११ ,फिदिम पाँचथरको फिदिममा नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी आज देखि सुरु भएको छ। किरात राई यायोक्खाको आयोजनामा तथा नेपाल आदिवासी…

    पाँचथरमा नौमती बाजा सहित बेठि उत्सब मनाए

    अजेन्द्र वाईबा तामाङ साउन ९ ,पाँचथर पाँचथरको फिदिम नगरपालिका–५ मा शनिबार परम्परागत बेठी उत्साहपूर्वक मनाइएको छ। स्थानीय लक्ष्मीप्रसाद चापागाईँको धान रोपाइँलाई सामूहिक श्रम र सांस्कृतिक उत्सवका रूपमा रूपान्तरण गर्दै परिवार,…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु