पाँचथरको भालुचोक बजारमा सीसी क्यामेरा र प्रहरी बिट, सुरक्षा व्यवस्थामा सुधार

सुरेन्द्र खरेल,
पाँचथरको हिलिहाङ गाउँपालिकास्थित भालुचोक बजारमा हालै सीसी क्यामेरा जडान गरिएको छ। साथै, उक्त स्थानमा प्रहरी बिटको स्थापना पनि गरिएको छ। हिलिहाङ गाउँपालिकाका अध्यक्ष समर बहादुर अधिकारीको प्रमुख आतिथ्यतामा नवनिर्मित प्रहरी बिट र सीसी क्यामेराको उद्धघाटन सम्पन्न भएको हो।

सुरक्षा व्यवस्था थप कडा बनाउनका लागि भालुचोक बजारमा ६ थान सीसी क्यामेरा जडान गरिएको छ। यस परियोजनामा कुल लागत ९ लाख ५० हजार रुपैयाँ खर्च भएको बताइएको छ।

सीसी क्यामेराको जडान पश्चात् भालुचोक बजारमा हुने नकरात्मक गतिविधिहरूको अनुसन्धानमा ठूलो मदत पुग्ने विश्वास स्थानीय प्रहरी र समुदायका सदस्यहरूले व्यक्त गरेका छन्। यससँगै, बजार क्षेत्रमा अपराध र हिंसाका घटनाहरूलाई न्यूनिकरण गर्न पनि यो एक प्रभावकारी कदम मानिएको छ।

पछिल्लो समय बजारहरूमा सीसी क्यामेरा जडानको प्रवृत्ति बढ्दै गएको छ, जसले सुरक्षा व्यवस्थामा सुधार गर्दै हिंसा र अमानविय घटनाहरूसँग जुझ्नमा सहयोग पुर्याएको छ।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली