दमकमा झडप चार जना पक्राउ परे

झापामा नो केबलकार समूह र प्रहरीबिच झडप भएको छ । दमकमा भएको झडपपछि केही प्रदर्शनकारी पक्राउ परेका छन् ।

कोशी प्रदेश प्रहरीका कार्यबाहक सूचना अधिकारी डिएसपी ध्रुव कुमार श्रेष्ठका अनुसार झापाबाट ४ जनालाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीका अनुसार दमकमा प्रदर्शनकारीहरुले एकाएक नाराजुलुस गर्दै गाफी रोक्न थाले पछि प्रहरीले आन्दोलनकारीहरुलाइ पक्राउ गर्न खोजे पछि स्थिती असामान्य भएको थियो त्यस लगत्तै  यात्रुबाहक बस सगरमाथा रोक्दा रोक्दै जबर्जस्ति प्रहरीले स्कटिङ गरेर लाने प्रयासमा आन्दोलनकारीहरुले तोडफोड गरिदिएका थिए।तोडफोड गरेपछी लाठी प्रहार गर्दै प्रहरी आक्रमक भएपछी आन्दोलन पक्षकाहरुले ढुङ्गा हान्ने क्रममा सोही स्थानबाट १ जनालाई पक्राउ गरिएको हो ।

सो क्रममा प्रदर्शकारीले प्रहरीमाथि ढुंगामुडा पनि प्रहार गरेका थिए भने प्रहरीको दुइटा गाडी क्षति भएको थियो।त्यस्तै प्रहरीले भिडलाइ तित्तर बित्तर पार्न तीन राउण्ड असुर ग्यासको पनि प्रयोग गरेको थियो।

त्यसैगरी धरानबाट पनि ६ जनालाई नियन्त्रणमा लिएको छ ।

मुकुम्लुङ संरक्षण अन्तरदलीय संरक्षण समितिले पाथिभरा केबलकार निर्माणको बिरोधमा बिभिन्न बिरोधका कार्यक्रमहरु गर्दै आएको छ । समितिले आज र भोलि अरुणपूर्वका ९ जिल्लामा बन्दको आह्वान गरेको थियो । उक्त बन्दले पहाडी जिल्लामा ९० प्रतिशतसम्म प्रभाव परेको डिएसपी श्रेष्ठले बताए ।

  • Related Posts

    अर्जुनधारामा लागूऔषध न्यूनीकरण तथा शैक्षिक सहयोग कार्यक्रमहरू सम्पन्

    झापा, अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा लागूऔषध दुर्व्यसन न्यूनीकरण, ट्राफिक सचेतना अभिवृद्धि तथा शैक्षिक सहयोगसम्बन्धी कार्यक्रमहरू सम्पन्न भएका छन्। लक्ष्मी माध्यमिक विद्यालयमा आयोजित लागूऔषध तथा ट्राफिक सचेतना कार्यक्रममा विद्यार्थी,…

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो

    अजेन्द्र वाईबा तामाङ जेष्ठ २९,पाँचथर कोशी प्रदेश सरकारको ५ लाख रुपैयाँ लगानीमा फिदिम नगरपालिका–१ स्थित पतञ्जलि योग समितिको भवन संरक्षणका लागि निर्माण गरिएको कंक्रिट वाल निर्माण सम्पन्न भएको एक महिना…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    अर्जुनधारामा लागूऔषध न्यूनीकरण तथा शैक्षिक सहयोग कार्यक्रमहरू सम्पन्

    अर्जुनधारामा लागूऔषध न्यूनीकरण तथा शैक्षिक सहयोग कार्यक्रमहरू सम्पन्