दमकमा झडप चार जना पक्राउ परे

झापामा नो केबलकार समूह र प्रहरीबिच झडप भएको छ । दमकमा भएको झडपपछि केही प्रदर्शनकारी पक्राउ परेका छन् ।

कोशी प्रदेश प्रहरीका कार्यबाहक सूचना अधिकारी डिएसपी ध्रुव कुमार श्रेष्ठका अनुसार झापाबाट ४ जनालाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीका अनुसार दमकमा प्रदर्शनकारीहरुले एकाएक नाराजुलुस गर्दै गाफी रोक्न थाले पछि प्रहरीले आन्दोलनकारीहरुलाइ पक्राउ गर्न खोजे पछि स्थिती असामान्य भएको थियो त्यस लगत्तै  यात्रुबाहक बस सगरमाथा रोक्दा रोक्दै जबर्जस्ति प्रहरीले स्कटिङ गरेर लाने प्रयासमा आन्दोलनकारीहरुले तोडफोड गरिदिएका थिए।तोडफोड गरेपछी लाठी प्रहार गर्दै प्रहरी आक्रमक भएपछी आन्दोलन पक्षकाहरुले ढुङ्गा हान्ने क्रममा सोही स्थानबाट १ जनालाई पक्राउ गरिएको हो ।

सो क्रममा प्रदर्शकारीले प्रहरीमाथि ढुंगामुडा पनि प्रहार गरेका थिए भने प्रहरीको दुइटा गाडी क्षति भएको थियो।त्यस्तै प्रहरीले भिडलाइ तित्तर बित्तर पार्न तीन राउण्ड असुर ग्यासको पनि प्रयोग गरेको थियो।

त्यसैगरी धरानबाट पनि ६ जनालाई नियन्त्रणमा लिएको छ ।

मुकुम्लुङ संरक्षण अन्तरदलीय संरक्षण समितिले पाथिभरा केबलकार निर्माणको बिरोधमा बिभिन्न बिरोधका कार्यक्रमहरु गर्दै आएको छ । समितिले आज र भोलि अरुणपूर्वका ९ जिल्लामा बन्दको आह्वान गरेको थियो । उक्त बन्दले पहाडी जिल्लामा ९० प्रतिशतसम्म प्रभाव परेको डिएसपी श्रेष्ठले बताए ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु