निर्वाचन आयोगमा जनमुक्तिका शिर्ष नेता बिच भेटघाट 

झण्डै साढे तीन दशकको लामो राजनीतिक बिरासत बोकेको राष्ट्रिय जनमुक्ति पार्टी भित्र खटपट  शुरु भएको छ।

पार्टीका अध्यक्ष केपि पालुङ्वाले पार्टी बिधान र विधि बिपरित पार्टी अस्तित्व नै समाप्त पार्ने गरि गरिएको चलखेलले जनमुक्ति पार्टी भित्र खटपट शुरु भएको हो। अध्यक्ष पालुङ्वाले किर्ते कागज गरि राष्ट्रिय जनमुक्ति पार्टी बाट नेपाल जनमुक्ति पार्टी बने पछि खटपट शुरु भएको एक नेताले बताए ।

जनमुक्तिलाई बलशाली बनाउन पार्टी एकता गर्न नाम झण्डा आदि विषयकमा कुनै पनि बिबादको विषय नरहेको तर पार्टीको बिधि बिधान बिपरित सुनियोजित र एक पक्षीय ढङ्गबाट गरिएको पालुङ्वाको हर्कतले संस्थापक पक्ष संशकित भएकोले दिनहुुँ निर्वाचन आयोग धाउने गरेको बताएकाछन। पार्टी एकताको हवाला दिदै अध्यक्ष पालुङ्वाले पार्टी विधि बिधान बिपरित पहिचान बादी मोर्चालाई पार्टी बुझाउने सुरकसेको पछिल्लो गतिबिधिले प्रष्ट देखिएको बताए।

नेपाली राजनीतिमा बैकल्पिक शक्ति बन्ने प्रबल संभावना हुदाहुदै पनि आन्तरिक कलहले गर्दा जनमुक्ति मरिच झै खुम्चदै गएको छ।

यति लामो बिरासत रहेको पार्टी फुट्ने होकि भन्ने डरले पार्टी नेता कार्यकर्ता र शुभचिन्तकहरुले दुई पक्षलाई मिलाउन निकै जोडबल गरिरहेकाछन। साथै पार्टी इतिहासलाई जोगाउन महाधिवेशन पुर्व बिधान सभा र राष्ट्रिय सम्मेलन गर्ने कि भन्ने विषयमा पनि छलफल चलिरहेको छ।

यद्यपि निर्वाचन आयोगका प्रमुख आयुक्त ब्यस्तताको कारणले छलफल केहिदिन लम्बिने भएको छ। पार्टी भित्र खटपट शुरु भए देखि आन्तरिक तथा बाह्य शक्तिले पार्टी फुटाउने चलखेल भएको दाबी गरेकाछन।

  • Related Posts

    अर्जुनधारामा लागूऔषध न्यूनीकरण तथा शैक्षिक सहयोग कार्यक्रमहरू सम्पन्

    झापा, अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा लागूऔषध दुर्व्यसन न्यूनीकरण, ट्राफिक सचेतना अभिवृद्धि तथा शैक्षिक सहयोगसम्बन्धी कार्यक्रमहरू सम्पन्न भएका छन्। लक्ष्मी माध्यमिक विद्यालयमा आयोजित लागूऔषध तथा ट्राफिक सचेतना कार्यक्रममा विद्यार्थी,…

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो

    अजेन्द्र वाईबा तामाङ जेष्ठ २९,पाँचथर कोशी प्रदेश सरकारको ५ लाख रुपैयाँ लगानीमा फिदिम नगरपालिका–१ स्थित पतञ्जलि योग समितिको भवन संरक्षणका लागि निर्माण गरिएको कंक्रिट वाल निर्माण सम्पन्न भएको एक महिना…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    अर्जुनधारामा लागूऔषध न्यूनीकरण तथा शैक्षिक सहयोग कार्यक्रमहरू सम्पन्

    अर्जुनधारामा लागूऔषध न्यूनीकरण तथा शैक्षिक सहयोग कार्यक्रमहरू सम्पन्