सहारा पाँचथरद्वारा बर्मेको श्री तिम्बु पोखरी प्रा.वि.लाई शैक्षिक सामग्री वितरण

पाँचथर, [2081-10-17] – हाम्रो सहारा पाँचथर संस्थाले पाँचथरको दुर्गम तथा अन्तिम गाउँ बर्मेको श्री तिम्बु पोखरी प्रा.वि. मा शैक्षिक सामग्री वितरण गरेको छ। यस अवसरमा वडा अध्यक्ष, स्थानिय बासिन्दा, र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा ३० हजार मुल्य बराबरका सामग्रिहरू विद्यालयलाई प्रदान गरिएका छन्।

वितरण गरिएका सामग्रीमा झोला, वाइट बोर्ड, कापी, डट पेन, पेन्सिल, इरेजर, घडी, डसबिन र पानी फिल्टर लगायतका सामाग्री समावेश छन्।

सामाजिक र शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको हाम्रो सहारा पाँचथर संस्थाका अध्यक्ष गजेन्द्र राईले आगामी दिनमा पनि यस्ता कार्यहरू जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

यस संस्थाले बिभिन्न विद्यालयहरूमा शैक्षिक सामग्री र सामाजिक कार्यहरू गर्दै आएको छ।तस्बिर:- सुरेन्द्र खरेल /निलोपाटी

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली