कैदलेमा लिम्बुनी ठुली स्मृति कपको उद्घाटन माघ २७ देखि

झापाको अर्जुनधारा-३ स्थित कैदले प्राकृतिक रंगशालामा आगामी माघ २७ गतेदेखि फागुन ४ गतेसम्म ‘लिम्बुनी ठुली स्मृति कप’ सञ्चालन हुने जानकारी आज पत्रकार भेटघाटको माध्यमबाट सार्वजनिक गरिएको छ। आयोजक समितिका संयोजक सुर्य इम्बुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत क्लबका अध्यक्ष बल्लभ खतिवडाले कार्यक्रमको सञ्चालन गरे।

यस प्रतिस्पर्धामा कुल ८ वटा टिमहरू भाग लिनेछन्। उद्घाटन खेल माघ २७ गते बुट्टाबारी युनाइटेड क्लब र रेड हर्ष क्लब इलाम बीच हुनेछ। माघ २८ गते आयोजक टिम र इन्ट्रा पथरी-११ मोरंग, माघ २९ गते बेलडाँगी CMC दमक र जलथल फुटबल क्लब, र माघ ३० गते रोलिङ क्लब धुलाबारी र एपीएफ पकली सुनसरी बिच खेल हुनेछ।

यो स्मृति कप भुटानी शरणार्थी शिबिरमा लामो समय बिताएका, तेस्रो मुलुक पुनर्स्थापनामा अमेरिका गएका र एक वर्षअघि अमेरिकामा निधन भएका खेलकुद प्रेमी बाबी सुब्बाको सम्झनामा आयोजित गरिएको हो। खेलको प्रमुख प्रायोजक बाबी सुब्बाका छोरा, बाबी सुब्बा परिवार हो।

प्रतियोगिताको अनुमानित बजेट १४ लाख रहेको र यसमा प्रथम पुरस्कारको राशि १५५५५५ रुपैयाँ, दोस्रो पुरस्कार ७७७७७ रुपैयाँ, साथै ट्रफी र मेडलसहित विजेताहरूलाई सम्मान गरिने जानकारी खेल प्रबन्धक युबराज चापागाईंले दिएका छन्।

स्मृति कपको सञ्चालनका लागि सचीव मदन गिरिले भूमिका निर्वाह गरेका थिए।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली