एनइबीसी चर्चले क्रिसमस बिबिध कार्यक्रम गरी मनायो

बिर्तामोड बिहानीटोलमा रहेको एनइबीसी चर्चले क्रिसमस बिबिध कार्यक्रम गरी मनाएको छ ।

एनइबीसी चर्चका अध्यक्ष सुवासमणी राईको अध्यक्षतामा भएको कार्यक्रममा शुरूको प्रार्थना,स्तुती प्रशंसा, आमा, बुबा,युवायुवतीहरूले बिशेष गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए ।

एनइबीसी चर्चका पास्टर रनकुमार सेवाहाङले प्रभुको बचन अन्तर्गत गोठाला र ज्योतिषीहरूको भूमिका र सांचो उपासनाबारे प्रष्ट पारेका थिए ।

कार्यक्रममा मुष्ठीदानमा सबैभन्दा बढी दान गर्ने तीन जना आमाहरू र मिशेनरी सहयोग दिने तीन जना बुबा आमाहरू , मण्डलीका चार जना ज्येष्ठ नागरिक बुबा आमाहरूलाई सम्मान गरिएको थियो। वालसंगतिका वालवालिकाहरूलाई कापी, पेन्सिल प्रदान गरिएको थियो ।

पाँच जना आमाहरूको सामुहिक नृत्य गरिएको कार्यक्रमको पहिलो चरण एनइबीसी चर्चका पास्टर रनकुमार सेवाहाङले अन्तिम प्रार्थना गरेर समापन गरेका थिए । त्यस्तै दोस्रो चरणको कार्यक्रम अन्तर्गत शुरूको प्रार्थना, सुसमाचार बचन पास्टर रनकुमार सेवाहाङले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गीत, नृत्य, खेल लगायत अन्य मनोरञ्जनात्मक प्रस्तुतीहरु देखाइएको थियो । कार्यक्रममा एल्डर मन खुदाङले धन्यवाद ज्ञापन गर्नुभएको थियो । एनइबीसी चर्चका पास्टर रनकुमार सेवाहाङले अन्तिम प्रार्थना गरेको कार्यक्रमको सञ्चालन माया राईले गर्नुभएको थियो ।

  • Related Posts

    अर्जुनधारामा लागूऔषध न्यूनीकरण तथा शैक्षिक सहयोग कार्यक्रमहरू सम्पन्

    झापा, अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा लागूऔषध दुर्व्यसन न्यूनीकरण, ट्राफिक सचेतना अभिवृद्धि तथा शैक्षिक सहयोगसम्बन्धी कार्यक्रमहरू सम्पन्न भएका छन्। लक्ष्मी माध्यमिक विद्यालयमा आयोजित लागूऔषध तथा ट्राफिक सचेतना कार्यक्रममा विद्यार्थी,…

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो

    अजेन्द्र वाईबा तामाङ जेष्ठ २९,पाँचथर कोशी प्रदेश सरकारको ५ लाख रुपैयाँ लगानीमा फिदिम नगरपालिका–१ स्थित पतञ्जलि योग समितिको भवन संरक्षणका लागि निर्माण गरिएको कंक्रिट वाल निर्माण सम्पन्न भएको एक महिना…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    अर्जुनधारामा लागूऔषध न्यूनीकरण तथा शैक्षिक सहयोग कार्यक्रमहरू सम्पन्

    अर्जुनधारामा लागूऔषध न्यूनीकरण तथा शैक्षिक सहयोग कार्यक्रमहरू सम्पन्