एनइबीसी चर्चले क्रिसमस बिबिध कार्यक्रम गरी मनायो

बिर्तामोड बिहानीटोलमा रहेको एनइबीसी चर्चले क्रिसमस बिबिध कार्यक्रम गरी मनाएको छ ।

एनइबीसी चर्चका अध्यक्ष सुवासमणी राईको अध्यक्षतामा भएको कार्यक्रममा शुरूको प्रार्थना,स्तुती प्रशंसा, आमा, बुबा,युवायुवतीहरूले बिशेष गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए ।

एनइबीसी चर्चका पास्टर रनकुमार सेवाहाङले प्रभुको बचन अन्तर्गत गोठाला र ज्योतिषीहरूको भूमिका र सांचो उपासनाबारे प्रष्ट पारेका थिए ।

कार्यक्रममा मुष्ठीदानमा सबैभन्दा बढी दान गर्ने तीन जना आमाहरू र मिशेनरी सहयोग दिने तीन जना बुबा आमाहरू , मण्डलीका चार जना ज्येष्ठ नागरिक बुबा आमाहरूलाई सम्मान गरिएको थियो। वालसंगतिका वालवालिकाहरूलाई कापी, पेन्सिल प्रदान गरिएको थियो ।

पाँच जना आमाहरूको सामुहिक नृत्य गरिएको कार्यक्रमको पहिलो चरण एनइबीसी चर्चका पास्टर रनकुमार सेवाहाङले अन्तिम प्रार्थना गरेर समापन गरेका थिए । त्यस्तै दोस्रो चरणको कार्यक्रम अन्तर्गत शुरूको प्रार्थना, सुसमाचार बचन पास्टर रनकुमार सेवाहाङले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गीत, नृत्य, खेल लगायत अन्य मनोरञ्जनात्मक प्रस्तुतीहरु देखाइएको थियो । कार्यक्रममा एल्डर मन खुदाङले धन्यवाद ज्ञापन गर्नुभएको थियो । एनइबीसी चर्चका पास्टर रनकुमार सेवाहाङले अन्तिम प्रार्थना गरेको कार्यक्रमको सञ्चालन माया राईले गर्नुभएको थियो ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु