झापाको कमल गाउँपालिकामा भीषण आगलागी: एक घर पूर्णरूपमा नष्ट

झापाको कमल गाउँपालिका वडा नं २, समयगढमा आगलागी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ। आज बिहान अन्दाजी ३ बजे समयगढ निवासी चन्द्र श्रेष्ठको बाँसको भाटाको टाटीबेरा र टिनको छाना भएको एकतले घरमा अचानक आगो लागेको थियो।

आगलागीका कारण घरसँगै भित्र रहेको भाडावर्तन, अन्नपात, र लत्ता-कपडा पूर्ण रुपमा जलेर नष्ट भएको छ। यस घटनामा झन्डै ३ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोली, स्थानीय बासिन्दा, र कमल गाउँपालिकाको दमकलको सहयोगमा बिहान ५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ।

 

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु