झापाको कमल गाउँपालिकामा भीषण आगलागी: एक घर पूर्णरूपमा नष्ट

झापाको कमल गाउँपालिका वडा नं २, समयगढमा आगलागी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ। आज बिहान अन्दाजी ३ बजे समयगढ निवासी चन्द्र श्रेष्ठको बाँसको भाटाको टाटीबेरा र टिनको छाना भएको एकतले घरमा अचानक आगो लागेको थियो।

आगलागीका कारण घरसँगै भित्र रहेको भाडावर्तन, अन्नपात, र लत्ता-कपडा पूर्ण रुपमा जलेर नष्ट भएको छ। यस घटनामा झन्डै ३ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोली, स्थानीय बासिन्दा, र कमल गाउँपालिकाको दमकलको सहयोगमा बिहान ५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ।

 

  • Related Posts

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    टेक्सास । अमेरिकाको टेक्सास राज्यस्थित फोर्ट वर्थ शहरमा नेपाली स्वाद, संस्कृति र मसिनो मसलाको सुगन्ध फैलाइरहेका छन्, एक उर्जावान नेपाली युवा शेफ निश्चल ढुङ्गाना । सामान्य परिवारबाट उठेर अन्तर्राष्ट्रिय खाद्य…

    “बाटो पनि अधुरो, पानी पनि बन्द — मेहेलेका जनता प्यासै, विद्यालयसमेत संकटमा”

      ताप्लेजुङ २०८३ जेष्ठ १० ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं. ६ मेहेलेमा सडक निर्माणको नाममा भएको लापरवाहीका कारण स्थानीय बासिन्दा मात्रै होइन, विद्यालयसमेत गम्भीर खानेपानी संकटमा परेको छ। मेहेले भञ्ज्याङ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना