कालीकोटको दुर्घटनामा ६ जनाको मृत्यु, १३ जना गम्भीर घाइते

कालीकोट जिल्लाको पलाता गाउँपालिका–३ राडुनेटामा आइतबार भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३ जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार मृत्यु हुनेहरूमा पलाता–६ की दसकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता–५ की छाया शाही, तथा पलाता–३ का दमन रोकाया छन्।

दुर्घटनामा गम्भीर घाइते हुनेहरूमा पलाता–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया, भूपेन्द्र रोकाया, पलाता–५ का दोली विक, आयुशा विक, पलाता–३ का दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया र जिप चालक धनिराम रावत रहेका छन्। प्रहरीका अनुसार घाइतेमध्ये दानबहादुर, निर्मला, जगत, दोली, आयुशा, र चालक धनिरामको अवस्था अत्यन्तै गम्भीर रहेको छ।

घाइतेहरूको उद्धार गरी नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रादेशिक अस्पताल, सुर्खेतमा उपचारका लागि पठाइएको छ। कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप पलाता–५ खिनबाट थिर्पुतर्फ जाँदै गर्दा राडुको उकालोमा अनियन्त्रित भई काप्री खोलामा खसेर दुर्घटना भएको हो।

कर्णाली करिडोर हुँदै घाटपारि चौरसम्म मात्र सडक पुगेको र त्यसपछि पलाता जोड्ने पुलको अभावले यात्रुलाई समस्यामा पार्दै आएको छ। दुई वर्षअघि समेत डिजेल र पेट्रोलका ड्रमलाई काठमा डोरीले बाँधेर नदी तार्दै यात्रु तथा सामग्री ओसारपसार गर्नुपर्ने अवस्था थियो। यस क्षेत्रका यात्रुले कच्ची ग्रामीण सडकमा ओभरलोडका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु