कालीकोटको दुर्घटनामा ६ जनाको मृत्यु, १३ जना गम्भीर घाइते

कालीकोट जिल्लाको पलाता गाउँपालिका–३ राडुनेटामा आइतबार भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३ जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार मृत्यु हुनेहरूमा पलाता–६ की दसकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता–५ की छाया शाही, तथा पलाता–३ का दमन रोकाया छन्।

दुर्घटनामा गम्भीर घाइते हुनेहरूमा पलाता–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया, भूपेन्द्र रोकाया, पलाता–५ का दोली विक, आयुशा विक, पलाता–३ का दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया र जिप चालक धनिराम रावत रहेका छन्। प्रहरीका अनुसार घाइतेमध्ये दानबहादुर, निर्मला, जगत, दोली, आयुशा, र चालक धनिरामको अवस्था अत्यन्तै गम्भीर रहेको छ।

घाइतेहरूको उद्धार गरी नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रादेशिक अस्पताल, सुर्खेतमा उपचारका लागि पठाइएको छ। कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप पलाता–५ खिनबाट थिर्पुतर्फ जाँदै गर्दा राडुको उकालोमा अनियन्त्रित भई काप्री खोलामा खसेर दुर्घटना भएको हो।

कर्णाली करिडोर हुँदै घाटपारि चौरसम्म मात्र सडक पुगेको र त्यसपछि पलाता जोड्ने पुलको अभावले यात्रुलाई समस्यामा पार्दै आएको छ। दुई वर्षअघि समेत डिजेल र पेट्रोलका ड्रमलाई काठमा डोरीले बाँधेर नदी तार्दै यात्रु तथा सामग्री ओसारपसार गर्नुपर्ने अवस्था थियो। यस क्षेत्रका यात्रुले कच्ची ग्रामीण सडकमा ओभरलोडका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट