नेपाल–भारत–बंगलादेशबीच ४० मेगावाट विद्युत् बिक्री गर्ने त्रिपक्षीय सम्झौता।

बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल–भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता  भएको  छ। सम्झौता भएसँगै नेपालबाट तेस्रो मुलुक विद्युत् व्यापारको ढोका खुलेको हो।  सम्झौतासँगै नेपालले भारतको प्रसारणलाइन प्रयोग गरी बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्ने छ। गत साउन १३ गते नै हुने भनिएको यो सम्झौता बंगलादेशमा भएको सत्ता परिवर्तनका कारण सरेको थियो। अहिलेसम्म नेपालले भारतसँग मात्र विद्युत् व्यापार गर्दै आएको थियो।
सम्झौता नेपालको विद्युत् निर्यातमा ऐतिहासिक कदम पनि हो।
सम्झौतापत्रमा नेपालका तर्फबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतका तर्फबाट एनटीपीसी विद्युत् व्यापार निगमकी प्रमुख कार्यकारी अधिकृत रेणु नारङ तथा बंगलादेशको तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रेजुल करिमले हस्ताक्षर गरेका छन्।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट