फिदिम खानेपानी द्वारा बाढी पहिरो पिडितलाई आर्थिक सहयोग ।

अजेन्द्र वाईबा तामाङ, पाँचथर असाेज १९
पाँचथरको फिदिम नगरपालिका १ का ४ परिवार र फिदिम नगरपालिका ११ का ३ परिवार परिवारलाई आर्थिक बितरण गरिएको छ।
फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समिति पाँचथरकाे कार्य समिति द्वारा ५५ हजार र रानीटार निबासी हाल भारतमा राेजगारीको शिशिलमा रहनु हुने बिरेन्द्र गुरुङ द्वारा १५ हजार गरेर ७० हजार ७ परिवारलाई १०हजारकाे दरले नगद वितरण गरिएको हो ।

उनीहरुकाे बाढि पहिराेले घर बार बगाए पछि घर बिहिन भए पछि उहाँहरुलाई केही सहज होस भनेर प्रेम प्रसाद श्रेष्ठ ,प्रेम कुमार श्रेष्ठ ,चन्द बहादुर राई,कुमार न्याैपाने,ललिता राई,सन्देश श्रेष्ठ र राजेश तुम्बापाे गरेर ७ परिवारलाई नगद बितरण गरिएको फिदिम खानेपानीको अध्यक्ष प्रकाश गुरुङले जानकारी दिए ।

वितरण कार्यक्रममा फिदिम खानेपानीको अध्यक्ष प्रकाश गुरुङले गर्नु भएको थियो भने फिदिम खानेपानीको सम्पुर्ण कार्य समिति र स्थानीयहरुको उपस्थिति रहेको थियो ।
साे कार्यक्रमको सहजिकरण युवा समाजसेवि आशिस आङ्बोले गरेका थिए।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट