कमल गाउँपालिका ईसाई समाजको अधिवेशनबाट अध्यक्षमा पा.प्रताप बि. क. चयन

झापा । कमल गाउँपालिका ईसाई समाजको ९ ओैं अधिवेशन तथा १९ औं वार्षिक साधारणसभा केरखा स्थित ज्योति चर्चमा सम्पन्न भएको छ। आईतबार सम्पन्न साधारणसभामा कमल गाउँ पालिका ईसाई समाजको अध्यक्ष रेभ.जोन मूर्मुको सभाअध्यक्षता तथा झापा जिल्ला ईसाई समाजका अध्यक्ष रेभरेण्ड अमरदिप आले मगरको प्रमुख आतिथ्यमा भव्य रूपले सम्पन्न भएको छ।

उक्त अधिवेशनमा कमल समाजका अध्यक्ष मूर्मुको प्रार्थनाद्वारा शुरू भएको कार्यक्रममा झापा जिल्ला ईसाई समाज, छिमेकी ईसाई समाज चुलाचुली र स्थानीय इलाका समाज गरी करिब ९० जनाको उपस्थिति रहेको थियो ।अधिवेसनमा आतिथिमा चुलाचुली ईसाई समाजबाट पा
गोपाल श्रेष्ठ र दमक नगर ईसाई समाजबाट पत्रकार तथा पास्टर डिकेन्द्र बस्नेत रहनु भएको थियो।वर्तमान ईसाई समाजले आफ्नो कार्यकालमा गरेका कार्यविधि पावर पोइन्टबाट अध्यक्ष मुर्मुले प्रस्तुत गरेका थिए भने कार्य प्रतिवेदन समाजका सचिव ए. धिरज राईले गर्नु भएको थियो।

कार्यक्रमका प्रमुख वक्ता दमक ज्योती चर्चका वरिष्ठ पास्टर रेभरेण्ड एन डि थुलुङले प्रेरित पत्रुसको जीवन बारे प्रष्ट पार्नुभयो ।पत्रुसको बोलावट, जीवनको उतारचढाव र येशूको दोस्रो बोलावट पश्चात पछि फलदायी सेवाकाई हामी पाउँछौँ । सो सेवाकाई हामी जोसुकैले पनि शुरू गर्न सक्छौं तर त्यसको अन्त्य कस्तो किसिमको हुन्छ अनि कस्तो परिणाम आयो भन्ने कुराले फरक पार्ने भन्दै चुनौतीपूर्ण वचन दिनुभएको थियो।

प्रमुख अथिति रहनु भएको आले मगरले आफ्नो मन्तब्यमा कमल गाउँपालिका ईसाई समाज झापा जिल्लाको लागि एक नमूना ईसाई समाज रहेको बताउनु भयो। विगत समय नारी ईसाई समाजको अधिवेसनमा नारी समाजको कार्यबिधि पावर पोइन्टमा प्रस्तुत गरिएको काम अति नै सह्रानीय पाएँ साथै वर्तमान समाजले पनि आफ्नो कार्यबिधि पावर पोइन्टबाट प्रस्तुत गर्न तयार गरेको देख्दा आफूलाई खुशी लागेको बताउँदै सह्रानीय कामको लागि धन्यबाद र अब आउने नयाँ समितिलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो।

विघटन पश्चात अधिवेशनका लागि निर्वाचन मण्डलमा रेभ. थुलुङ र पास्टर गोपाल श्रेष्ठ रहनु भएको थियो। उक्त निर्वाचन मण्डलले सर्वसहमतिको आधारमा नयाँ कार्यसमिति चयन गरेको थियो।

नयाँ कार्यसमितिमा न्यू लाईफ एपोस्टोलिक चर्च मुजुरभिट्टाका पास्टर प्रताप बिकको अध्यक्षतामा ५ सदस्यीय कार्य समिति सर्वसम्मतिले गठन भएको छ। सो समितिको उपाध्यक्षमा पास्टर दुर्गा राजवंशी, सचिवमा पास्टरदीपक राई, कोषध्यक्षमा एल्डर धिरज राई, सहसचिवमा डिकन सागर राई चयन भएका छन।

स्थानीय युवाहरुले गीत संगीतद्वारा सुरवात गरिएको कार्यक्रमको सञ्चालन समाजका उपध्यक्ष पास्टर विक्रम लिम्बुले गर्नु भएको थियो । भने चुलाचुली ईसाई समाजका पूर्व अध्यक्ष पास्टर श्रेष्ठको प्रार्थनाद्वारा अधिवेशन समापन भएको जानकारी समाजका सचिव राईले बताउनु भयो।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली